शनिबार, पुस ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विष्णुलाई पछि पारेर ओलीका उत्तराधिकारी बने शंकर!

त्यसो त शंकर गत साउन २८ गते लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएर सत्ताबाट बाहिरिएपछि काठमाडौंमै ब्यस्त थिए। महाधिवेशनको मुखमा अध्यक्ष ओलीसँगसँगै देश दौडाहामा समेत पोखरेल नै हिँडेका थिए। संगठन निर्माणमा विष्णु पौडेल अब्बल भए पनि राजनीतिक दृष्टिकोणमा भने शंकरलाई अब्बल मान्‍ने गरिन्छ।
 |  सोमबार, मंसिर १३, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

सोमबार, मंसिर १३, २०७८

ntc landingntc landing

बुटवल- गत असोज १५ गते राजनीतिक प्रतिवेदन वाचन गर्ने क्रममा रुघाखोकीले असहज भएको भन्दै केपी ओलीले बाँकी अंश पूरा गर्ने जिम्मा शकर पोखरेललाई दिए। त्यतिखेरै केपी ओलीले एमालेमा आफूपछिको उत्तराधिकारी पोखरेललाई सुम्पन चाहेको संकेत गरेको भन्दै विभिन्‍न टिप्पणीहरु भएका थिए। अहिले ओलीले शंकरलाई नै आफ्नो उत्तराधिकारीका रुपमा अघि बढाएका छन्।

himalayan bank box

चितवनमा जारी एमालेको १० औं महाधिवेशनमा शंकर पोखरेललाई महासचिव बनाएर आफ्नो उत्तराधिकारी भएको संकेत ओलीले दिएका छन्। बन्दसत्रबाट आफैंले नेतृत्व छान्‍ने अधिकार लिएका ओलीले महासचिवमा विष्णु पौडेललाई ल्याउन सक्ने आँकलन भइरहेको थियो। तर, ओलीले पौडेललाई समेत ‘सरप्राइज’ हुने गरी पोखरेललाई महासचिवमा प्रस्ताव गरेँ। सोमबार मनोनयन दर्तामा समेत पोखरेलको एकल उम्मेद्वारी परेपछि महासचिवमा सर्वसम्मत भएका छन्। एमालेको राजनीतिमा बौद्धिक र राजनीतिक प्रतिवेदन र दस्तावेजमा अब्बल मानिने पोखरेलले महासचिवमा आफ्ना सहपाठीहरुलाई उछिनेका छन्। 

नवौं महाधिवेशनमा उपमहासचिव पराजित भएका पोखरेलले यो पटक भने ओलीको छनोटको पहिलो प्राथमिकतामा पर्दा सहजै महासचिव पाए। २०७४ सालमा प्रदेश निर्वाचनमा प्रदेशको टिकट दिएर पोखरेल लुम्बिनीका मुख्यमन्त्री बनेका थिए। लुम्बिनीको मुख्यमन्त्री भए पनि पोखरेल प्राय: काठमाडौंमा बस्थे। नेकपाभित्रको विवादपछि केपी ओलीको रक्षक बनेर उभिएका पोखरेललाई महासचिव बनाएर गुन लगाएको चर्चा पनि भइरहेको छ।

राजनीतिक रुपमा पौडेल केन्द्रमा हाबी भएको जस्तो देखिए पनि अन्तत: शंकरले नै बाजी मारेका छन्।

त्यसो त शंकर गत साउन २८ गते लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएर सत्ताबाट बाहिरिएपछि काठमाडौंमै ब्यस्त थिए। महाधिवेशनको मुखमा अध्यक्ष ओलीसँगसँगै देश दौडाहामा समेत पोखरेल नै हिँडेका थिए। संगठन निर्माणमा विष्णु पौडेल अब्बल भए पनि राजनीतिक दृष्टिकोणमा भने शंकरलाई अब्बल मान्‍ने गरिन्छ। हुन त राजनीतिक रुपमा पौडेल केन्द्रमा हाबी भएको जस्तो देखिए पनि अन्तत: शंकरले नै बाजी मारेका छन्। तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सहमति गराएर स्थायी राजधानी दाङ बनाउन सफल भएका थिए। जबकी स्थायी राजधानी बुटवल बनाउने भनेर विष्णु पौडेलले चुनावी ऐजेन्डा नै बनाएका थिए। अप्रत्यक्ष रुपमा पौडेलसँग प्रतिस्पर्धामा रहेका पोखरेलले राजनीतिक रुपमा जित हासिल गरेको नेताहरुले बताएका छन्।

को हुन पोखरेल?

vianet

विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका शंकर पोखरेलको जन्म विस २०१९ साल फागुन १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमे, दाङमा भएको हो।  बुबा केशवराज शर्मा र आमा तिलकादेवी शर्माको कोखबाट जन्मिएका पोखरेल २०३५ सालमा माध्यमिक शिक्षा अध्ययनका क्रममा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका थिए। 

२०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका पोखरेल २०४० सालमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्ष भए। उनी २०४३ सालमा पार्टी राजनीतिमा आबद्ध भए। २०४५ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापती, २०४५ सालमा स्ववियु काउन्सिल संस्थापक सभापती भएर काम गरे। २०४७ सालमा अनेरास्ववियुको अध्यक्ष भएका पोखरेल ३२ वर्षको उमेरमा २०५१ सालमा दाङको क्षेत्र न. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

नेकपा एमालेमा केन्द्रीय सदस्य, पार्टी स्कूल विभाग उपप्रमुख, केन्द्रीय प्रचार विभाग प्रमुख, स्थायी कमिटी सदस्य हुँदै २०६४ मा सचिव भएका थिए। संविधानसभा सदस्य, सञ्‍चारमन्त्रीसमेत भएका पोखरेलले १० औं महाधिवेशनबाट आफूलाई थप शक्तिमा राखेका छन्। प्रदेशको मुख्यमन्त्री भएर पनि केन्द्रीय राजनीतिमा निरन्तर क्रियाशिल थिए, उनी। 

जनताको बहुदलीय जनवाद, राज्यको पुर्नसंरचना लगायतका पुस्तक समेत लेखेका पोखरेललाई बौद्धिक नेताका रुपमा हेरिन्छ। केन्द्रमा केपी ओलीको सरकार र लुम्बिनीमा शंकर पोखरेलको सरकारलाई उस्तै र उही रुपमा चर्चा गर्ने गरिएको थियो। मुख्यमन्त्री हुँदा केपी ओलीको नक्कल गरेको आरोपसमेत उनलाई लागको थियो। अल्पमतमा हुँदा पनि पोखरेलले सरकार नछाडेको भन्दै आलोचित भएका थिए। 


प्रकाशित: Nov 29, 2021| 19:40 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...