काठमाडौं– आज सोमबार देशभर २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार २३१ जनाको पीसीआर र २६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। आजको दिनमा देशभर ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ। २४ घण्टामै २६४ जना निको भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।