शुक्रबार, चैत ६, २०८२

‘ओमिक्रोन’ कति खतरनाक? डब्ल्यूएचओको नेपाल कार्यालय प्रमुख भन्छन्– अध्ययन हुँदैछ [भडियोसहित]

‘मास्क अनिवार्य लगाउनुपर्छ, हात धोइरहनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ। भेन्टिलेटर बढाउनुपर्छ। धेरैजना एकै ठाउँमा जम्मा भएर बस्नु भएन।’
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा  नभएको भन्नेबारे अध्ययन भइरहेको बताएका छन्।

National life

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएका हुन्। उनले डब्ल्यूएचओले नयाँ भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि स्पष्ट पारे। पाण्डवले डब्ल्यूएचओले यो भेरियन्टविरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको जानकारी दिए।

प्रमुख पाण्डवले भने, ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो। यो २६ नोभेम्बर २०२१ म देखिएको हो र यसलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ।’

यो भेरियन्ट अन्य भाइरसभन्दा फरक भनिए पनि धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्ने बोरे स्पष्ट भइनसकेको उनको भनाइ छ। ‘अहिले विश्व स्वास्थ्य संगठन र प्राविधिक सहयोगीले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ।’ 

उनले केही समयभित्रमा अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने पत्ता लाग्ने पनि उनले बताए। उनले भने, ‘डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भरियन्टमा कत्तिको सफल हुनेछ यसले रोगबाट कत्तिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको छ।’

Laxmi sunrise bank
kumari
‘मास्क अनिवार्य लगाउनुपर्छ, हात धोइरहनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ। भेन्टिलेटर बढाउनुपर्छ। धेरैजना एकै ठाउँमा जम्मा भएर बस्नु भएन।’

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने, हात मिचिमिची धुनुपर्ने, सभासम्मेलन रोक्नुपर्ने बताए। उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैं एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए। 

प्रमुख पाण्डवले अस्पतालले तयारीका साथ रहनुपर्ने,  र्‍याल, सिँगान, खकारहरु जथाभाबी नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए। प्रमुख पाण्डवले भने, ‘मास्क अनिवार्य लगाउनुपर्छ, हात धोइरहनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ। भेन्टिलेटर बढाउनुपर्छ। धेरैजना एकै ठाउँमा जम्मा भएर बस्नु भएन।’ अन्य देशहरुको तुलनामा नेपालमा अन्य भेरियन्टमा पनि राम्रो व्यवस्था गरेर रोग नियन्त्रण गर्न सफल भएको उनको भनाइ छ। उनले भने, ‘धेरै जोखिम छैन, तर पर्यटकहरुको आगमनमा नियन्त्रण गर्नुपर्छ। त्यसैले नियन्त्रणका लागि लक्षण देखिएपछि अनिवार्य रुपमा परीक्षण गराउन आवश्यक छ। सरकारले सार्वजनिक स्वास्थ्यमा ध्यान दिनुपर्छ।’

प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए। उनले कोरोना नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पुर्‍याउनुपर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्नेमा जोड दिए।

प्रमुख पाण्डवले भने, ‘हामीले नेपालको स्वास्थ्य मन्त्रालयलाई नयाँ भेरियन्टको बारेमा भनिसकेका छौं। यसका लागि स्वास्थ्य मन्त्रालयले तीव्र र राम्रो तयारी गर्ने भनेको छ। स्वास्थ्यचौकी र अस्पताललाई तयारी अवस्थामा रहन भन्नुपर्छ।’ यो भाइरस आमनागरिकमा संक्रमण जोखिम उच्च रहेकाले पनि संवेदनशील बन्नुपर्ने उनको भनाइ छ। 

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। नयाँ भेरियन्टका बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलिले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ।


प्रकाशित: Nov 29, 2021| 16:07 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्