शुक्रबार, चैत ६, २०८२

कोभिडको ‘ओमिक्रोन भेरियन्ट’ बाट बच्न सरकारले थाल्यो तयारी

अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ।

National life

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका हुन्। उनले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरूलाई निर्देशन दिइसकेको बताए। 

प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए। उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए।

प्रवक्ता पोखरेलले भने, ‘अहिले वास्तवमा हामी कोभिड–१९ संक्रमणको नै क्रममा छौं। हामी कम्प्लिट्ली रिकोभर भइसकेका छैनौं। विभिन्न किसिमको भाइरसको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले हालसालै ओमीक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ। त्यसपछि हामीले यसलाई सतर्कता अपनाउनको लागि अब हामीले के गर्ने? भन्ने सन्दर्भमा अफ्रिकी मुलुक भनेको छ, यो देश, त्यो देश भनेको छैन। हामीले अफ्रिकी देशबाट आउने नागरिकलाई यहाँ जुन अन अराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौं भनेर हामीले अध्यागमन कार्यालय र २२/२३ वटा कति एयरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था पनि छ।'

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमीक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए। उनले नेपाल भित्रिने नाकामा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्‍याउन निर्देशन दिएको बताए। 

Laxmi sunrise bank
kumari

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमीक्रोन’ पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप चुनौती बढेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ।

प्रकाशित: Nov 29, 2021| 13:32 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्