आइतबार, जेठ ६, २०८१

१९ वर्षे महाधिवेशन प्रतिनिधि करिनाको यस्तो छ कांग्रेस सपना

नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढ्दै गएको पछिल्लो उदाहरण हुन् करिना पुरी (१९)। यसअघि वडा अध्यक्ष, क्षेत्रीय प्रतिनिधिमा धेरै युवा पुस्ता छनोट भए पनि महाधिवेशन प्रतिनिधिमा छनोट हुने युवामध्ये सम्भतः करिना पुरी कम उमेरकी हुन्।
 |  सोमबार, मंसिर १३, २०७८

माधव नेपाल

माधव नेपाल

सोमबार, मंसिर १३, २०७८

काठमाडौं– नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढ्दै गएको पछिल्लो उदाहरण हुन् करिना पुरी (१९)। यसअघि वडा अध्यक्ष, क्षेत्रीय प्रतिनिधिमा धेरै युवा पुस्ता छनोट भए पनि महाधिवेशन प्रतिनिधिमा छनोट हुने युवामध्ये सम्भतः करिना पुरी कम उमेरकी हुन्। 

triton college

महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा यी किशोरी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएकी हुन्। नेपाली कांग्रेसको सभापति चयनमा सानै उमेरमा भाग लिने अवसर पाएकी करिनाको सपना छ– अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने होस्। त्यस्तो नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ। 

उनी भन्छिन्, ‘अब हाम्रो मुख्य जिम्मेवारी नेपाली कांग्रेसको नयाँ नेतृत्व छनोट हो। हामी जस्ता युवाले ‘युवा जोश र अग्रजको अनुभव’ समेटेर पार्टी हाँक्न सक्ने नेता छनोट हुनुपर्छ।’ 

विगतमा जस्तो गल्ती नदाहोर्याउने नेतृत्व हुनुपर्ने उनको तर्क छ। यस्तै पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि लैजान नसक्दा विभिन्न समस्या देख्नुपरेको उनको बुझाइ छ। करिना भन्छिन्, ‘नेपाली कांग्रेसको नेतृत्व सबल र सक्षम हुन नसक्दा महाधिवेशन नै तोकिएको समयमा हुन सकेन। धेरै अगाडि नै सम्पन्न हुनुपर्ने महाधिवेशन पटक–पटक सर्दैै आयो।’ त्यसैले विधि, पद्धति र समयअनुसार चल्न सक्ने नेतृत्व आवश्यक रहेको उनको बुझाइ छ। पार्टी विधिमा नचल्दा नेपाल विद्यार्थी संघ जस्ता भ्रातृ संगठन पनि गुटबन्दीको वरपर रहेको उनले बताइन्।

‘सानोमा मैले रेडियो सुन्दा पनि तिनै नेताको नाम सुनेकी थिएँ। अहिले म आफैं राजनीतिमा संलग्न हुँदा पनि तिनै नेता शीर्ष तहमा छन्। समाचारमा पनि उहाँहरुकै नाम आइरहन्छ। युवा पुस्ता खै अगाडि बढेको? खै मौका दिएको?

उनी भन्छिन्, ‘नीति र विधिका आधारमा चल्नुपर्ने नेतृत्व छान्न चाहन्छु। बीपीले परिकल्पना गरेजस्तो नेपाल बनाउनका लागि सक्षम व्यक्ति आउनुपर्छ।’ 

corrent noodles
Metro Mart

यति बेला नेतृत्वमा रहेका शीर्ष नेता देख्दा आफूलाई कहिलेकाहीं अनौठो लाग्ने पनि उनी बताउँछिन्। उनी भन्छिन्, ‘सानोमा मैले रेडियो सुन्दा पनि तिनै नेताको नाम सुनेकी थिएँ। अहिले म आफैं राजनीतिमा संलग्न हुँदा पनि तिनै नेता शीर्ष तहमा छन्। समाचारमा पनि उहाँहरुकै नाम आइरहन्छ। युवा पुस्ता खै अगाडि बढेको? खै मौका दिएको?’ यसैले समयानुकूल नेतृत्व परिवर्तन हुनुपर्ने र राजनीतिमा लाग्नेहरुले नेतृत्वको अभ्यास पनि गर्न पाउनुपर्ने उनको भनाइ छ।

उनी अब नेतृत्व परिवर्तन गर्ने जिम्मेवारी पनि युवा पुस्तामै आएको बताउँछिन्। ‘हामी जस्ता धेरै युवा नेतृत्व गर्ने ठाउँमा पुगेका छौं। त्यसैले म युवा पुस्तालाई नै नेतृत्वमा देख्न चाहन्छु र देशभरका युवा प्रतिनिधिलाई पनि यही आह्वान गर्दछु।’ 

यसैगरी कांग्रेसमा नेतृत्व तहमा पुग्नका लागि अनेक प्रपञ्च गर्ने तर संगठन सुदृढीकरणका लागि कुनै कामै नगर्ने प्रवृत्तिप्रति करिना असन्तुष्ट छिन्। उनी भन्छिन्, ‘नेपाली कांग्रेस के हो, यसको विगत कस्तो थियो, नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा कांग्रेसको भूमिका कस्तो थियो भन्ने जस्ता विषयमा युवा पुस्तालाई जानकारी गराउनुपर्दैन?’ युवा पुस्तामा यो जिम्मेवारी आएको र त्यसलाई आफूलाई राम्ररी पूरा गर्न सक्नेमा उनी दृढ छिन्। उनी भन्छिन्, ‘नयाँ पुस्तालाई राजनीतिमा संलग्न हुने, लोकतान्त्रिक प्रतिस्पर्धामा भाग लिन प्रोत्साहित गर्ने विषयमा पनि हामी जुट्नुपर्छ। त्यसैले शीर्ष तहमा युवापुस्ताको भावना समेट्ने, स्वदेशमै केही गरौं भन्ने उत्साह, योजना र नीति भएको नेतृत्व आउनुपर्छ। अनि मात्र देश र समाज सबल बन्न सक्छ।’

सानै उमेरमा यति जिम्मेवार तहमा कसरी पुगिन् त करिना? उनी भन्छिन्, ‘सानोमा समाचार सुन्न र पढ्न खुब रुचि थियो। अनि गाउँमा आयोजना हुने विभिन्न राजनीतिक एवम् सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थें।’ यस्ता गतिविधिमा सक्रिय हुँदाहुँदै बिस्तारै राजनीतितर्फ झुकाव बढेको उनी बतउँछिन्।


उनी भन्छिन्, ‘जुनसुकै दलको भए पनि आमसभा होस् या भेला म पनि त्यहाँ पुगेर केही कुरा सुन्थें। सबैका कुरा सुन्ने बानी थियो।’ नेताहरुका भाषणका कतिपय सन्दर्भ त उनी बुझ्दिनथिइन् तर के भन्न खोजेको होला भनेर मनमा जिज्ञासा आइरहन्थ्यो उनलाई। करिना भन्छिन्, ‘यस्तै कौतहूल, जिज्ञासा र झुकावले मलाई राजनीतितर्फ तान्यो।’ यसमा पारिवारिक वातावरणको पनि विशेष योगदान रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पारिवारिक पृष्ठभूमि र वातावरण कांग्रेसको थियो। त्यहीं घुलमिल हुँदा कांग्रेस, बीपी कोइराला र लोकतन्त्रबारे धेरै कुरा थाहा पाएँ।’

बिस्तारै उठबस पनि यस्तै व्यक्तित्वहरुसँग हुन थाल्यो र उनी कक्षा ११ मा पुगेपछि इन्द्रेश्वरी उच्चमाविको एकाइ सभापति बनिन्। नेविसंघको अधिवेशन भएको भए आफू कुनै जिम्मेवार पदमा पुगिसक्ने तर अधिवेशन नहुँदा अलमलिन परेको उनको गुनासो छ। 

नेसनल ल कलेजमा बीएएलएलबी चौथो समेस्टरकी छात्रा करिना रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि अध्ययनरत छिन्। किन दुइटा कलेज त? उनी भन्छिन्, ‘एक त नेसनल ल कलेजमा विद्यार्थी संगठनका गतिविधि पाइँदैन, अर्को कुरा ज्ञान आर्जन त सकेसम्म अहिल्यै गर्ने हो नि?’

उनी आरआर कलेजमा नेविसंघमा सक्रिय छिन्। ‘आरआरमा भर्ना हुनुको उद्देश्य विद्यार्थी राजनीतिमा सक्रिय हुन पनि हो।’ उनी विद्यार्थी संगठनले गर्ने विभिन्न गतिविधिमा अगुवाइ गर्दै आएकी छन्। उनी भन्छिन्, ‘शिक्षणका विषयमा आवाज उठाउने, बहस गर्ने, युवामा राजनीतिप्रति देखिएको वितृष्णा रोक्न पनि विभिन्न अभियान चलाउँदै आएकी छु।’ यस्तै महिला र राजनीतिका विषयमा पनि उनले बहस चलाएकी छन्। राजनीतिमा महिला सहभागिता ३३ प्रतिशतभन्दा बढी हुनुपर्ने उनको धारणा छ। उनको प्रश्न छ, ‘राजनीतिमा ३३ प्रतिशतभन्दा बढी महिला आउनु हुँदैन? आरक्षणबाहेक माथिल्लो तहमा महिला सहभागी हुन नसक्नुका कारणबारे हामीले बहस चलाउनुपर्छ।’ यसबारे पनि उनले बहस चलाउँदै आएकी छन्। 

महाधिवेशनमा उम्मेदवार बन्न सहज भयो त? भन्ने जिज्ञासामा करिना भन्छिन्, ‘क्षेत्रीय प्रतिनिधिमा निर्विरोध भएपछि मेरा साथीहरु र अग्रजले पनि महाधिवेशन प्रतिनिधिको तयारीमा लाग्न आग्रह गरे। सोहीअनुसार तयारी गर्दै गएँ।’ उनलाई कतिपय अग्रजहरुले यसपालि निर्वाचनमा उम्मेदवार नबन्न पनि दबाब दिएका थिए। क्षेत्रीय प्रतिनिधिमा करिना जत्तिकीलाई ल्याउनुपर्छ भनेर आवाज उठे पनि  महाधिवेशन प्रतिनिधिमा भने तिमी हामीभन्दा धेरै सानी छ्यौ पछि हट्नपर्छ भनेर सल्लाह र दबाब  आएको उनको भनाइ छ।

‘मैले जीवन नै राजनीतिमै समर्पण गर्छु भनेर अब पछि हट्दिनँ भनेर विश्वस्त तुल्याएँ। मेरो आँट देखेपछि उहाँहरुले पनि साथ दिनुभयो। परिणामस्वरूप प्रतिनिधि बन्न सफल भएँ। अब प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरें भने अरुले पनि विश्वास गर्नेछन्।’ 

उनी भन्छिन्, ‘मैले जीवन नै राजनीतिमै समर्पण गर्छु भनेर अब पछि हट्दिनँ भनेर विश्वस्त तुल्याएँ। मेरो आँट देखेपछि उहाँहरुले पनि साथ दिनुभयो। परिणामस्वरूप प्रतिनिधि बन्न सफल भएँ। अब प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरें भने अरुले पनि विश्वास गर्नेछन्।’ 

करिना राजनीतिमा मात्र सक्रिय छैनन्, खेलकुदमा पनि उनले आफ्नो क्षमता देखाइसकेकी छन्। कराँतको ब्ल्याकबेल्ट करिनाले इन्डोनेसियामा भएको एसियन गुजोरियो कराँते च्याम्प्यानसिपमा स्वर्ण पदक जितेकी छन् भने मलेसियामा भएको प्रतियोगितामा रजत र कांस्य पदक जितेकी छन्। यस्तै  बंगलादेशमा भएको प्रतियोगितामा उनले कांस्य पदक जितेर आफ्नो पहिचान खेल क्षेत्रमा पनि स्थापित गरिसकेकी छन्। २०५८ माघमा सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी करिनाले कक्षा १० सम्मको अध्ययन स्थानीय जनतामा माविम पढेकी हुन् भने १२ कक्षा इन्दे्रश्वरी माविबाट पूरा गरेकी हुन्। उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेकी हुन्, जुन खसेकोमध्ये लोकप्रिय मत हो।

प्रकाशित: Nov 29, 2021| 12:25 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...