शनिबार, जेठ २, २०८३

टेकु अस्पतालको निर्देशकबाट हटाइए बास्तोला, मनिषालाई नियुक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकबाट डा अनुप बास्तोलालाई हटाएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

National life

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकबाट डा अनुप बास्तोलालाई हटाएको छ। उनको स्थानमा यसअघि नै अस्पतालमा कार्यकारी निर्देशक भएर काम गरिसकेकी डा मनिषा रावललाई ल्याइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयका कर्मचारीहरूको सरुवाको निर्णय गर्दै बास्तोलाको स्थानमा रावललाई ल्याउने निर्णय गराएका हुन्। मन्त्रालय स्रोतका अनुसार उनीहरूको सरुवा पत्र तयार भइसकेको छ। सरुवा भएका कर्मचारीलाई सोमबार मन्त्रालयमा बोलाएर पत्र दिने तयारी मन्त्रालयले गरेको छ। 

डा अनुपलाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रकाशित: Nov 28, 2021| 21:43 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्