शुक्रबार, साउन १५, २०८३

साक्षरता अभियानको प्रोत्साहनका लागि प्रस्ताव आह्वान

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको साक्षरता अभियानमा खर्च गर्ने रकम प्राप्त गर्न मंसिर मसान्तभित्र प्रस्तावना पेश गर्न केन्द्रले माग गरेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षरता अभियानतका लागि प्रोत्साहन रकम लिन चाहने स्थानीय तहसँग प्रस्ताव माग गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम अन्तर्गत साक्षर नेपाल अभियान सञ्चालनका लागि साक्षर घोषणा हुन बाँकी स्थानीय तहमा साझेदारीमा आधारित साक्षरता कार्यक्रमको प्रस्ताव पेस गर्न केन्द्रले आग्रह गरेको हो।

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको साक्षरता अभियानमा खर्च गर्ने रकम प्राप्त गर्न मंसिर मसान्तभित्र प्रस्तावना पेश गर्न केन्द्रले माग गरेको छ।

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका तोकिएको उमेर समूहका निरक्षरहरुको संख्या र सञ्चालन गर्नुपर्ने कक्षाको विवरण, साक्षर बनाउनको लागि स्रोत व्यवस्थापन सहितको प्रतिवद्धता र कार्ययोजना, स्थानीय तहको प्रमुखको संयोजकत्वमा गठन भएको साक्षरता अभियान समितिको साक्षरता कार्यक्रम सञ्चालन र घोषणा सम्वन्धी निणर्य र प्रतिवद्धता सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको हो। 

प्रस्ताव प्राप्त भएपछि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम कार्यान्वयन प्रक्रिया,२०७८ बमोजिम अनुदान दिइने भएको केन्द्रले जानकारी दिएको छ। 

प्रकाशित: Nov 28, 2021| 20:26 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्