आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • झापामा सिटौला पक्षको प्यानल नै विजयी, मोरङमा त्रिपक्षीय भिडन्त

झापामा सिटौला पक्षको प्यानल नै विजयी, मोरङमा त्रिपक्षीय भिडन्त

संस्थापन विश्वप्रकाश शर्मा पक्षका कट्टेलले सुरुवातदेखि नै अग्रता लिए पनि अन्तिम समयमा पराजित भए। सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

विराटनगर- नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन्। थेवेले निकटतम प्रतिस्पर्धी रामबहादुर कट्टेललाई पराजित गरे। संस्थापन विश्वप्रकाश शर्मा पक्षका कट्टेलले सुरुवातदेखि नै अग्रता लिए पनि अन्तिम समयमा पराजित भए। सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन्।

National life

उपसभापतिमा केशव पाण्डे र शेरबहादुर भट्टराई, सचिवमा नवीन बिमली र कृष्ण हुँमागाइ, सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजवंशी विजयी भएका हुन्।  १३ औँ अधिवेशनमा सिटौला प्यानलबाट जिल्ला उपसभापति भएका कट्टेललाई शर्माले सभापतिमा उम्मेदवार बनाएका हुन्। 

तीन हजार ३६९ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा थेबेको पक्षमा १ हजार ७६५ र कट्टेलले १ हजार ५१५ मत पाएका थिए। यसैबीच मोरङमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको छ। 

मोरङ सभापतिमा डिगबहादुर लिम्बु, दिलीप गच्छदार र यदुकुमार विष्टबीच प्रतिष्पर्धा भएको छ।  लिम्बु र विष्ट संस्थापन इतर समूहका हुन् भने गच्छदार संस्थापन पक्षका हुन्। 

उपसभापतिमा नागेश कोइराला, भक्ति माझी, गोपालबहादुर थापा, राजु मास्के र सुवोधकुमार सिंह, सचिवमा अर्जुन निरौला, मनोज बस्नेत, मोदराज घिमिरे, रविन राई, ललितबहादुर श्रेष्ठ, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकाल, सहसचिवमा संजयकुमार मण्डल,भुवनेश्वर मण्डल अशोक रिजाल, विशाल गौतम, सुभाष भण्डारी र थिरप्रसाद फुँयाल प्रतिष्पर्धामा छन्। 

Shivam cement

निर्वाचन समितिका अनुसार मोरङमा ७ जना पदाधिकारी र ७८ जना सदस्यको लागि निर्वाचन भएको हो। जसमा ४७ जना पालिकाबाट र ३१ जना खुला तथा  समावेशी कोटाबाट निर्वाचित हुँदैछन्। मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता छन्।

प्रकाशित: Nov 28, 2021| 19:57 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।