बिहीबार, वैशाख २०, २०८१

चितवन महाधिवेशनमा पूर्वमाओवादी नेताको 'चरित्र लिलामी'

विश्लेषक श्याम श्रेष्ठको भाषामा भन्ने हो भने बादललगायतका पूर्वमाओवादीबाट एमाले गएका नेताहरू ओलीको लाचार छाया बनिरहेका छन्। नेतृत्वमाथि प्रश्न गर्न त परको कुरा आफ्नै विषयमा पनि खुलेर बोल्न सकिरहेका छैनन्।
 |  आइतबार, मंसिर १२, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, मंसिर १२, २०७८

काठमाडौं-

triton college

‘हामी सिद्धिने छौँ। तर झुक्ने छैनौँ, टुट्ने छैनौँ। तर, कमरेड! उचाई धेरै भयो भने जग भासिन्छ। यसतर्फ ख्याल गर्नुस् कमरेड! सत्ताको महत्वकांक्षा धेरै भयो भने सर्वसत्तावादमा जान्छ। त्यो नोकरशाहीमा जान्छ। कम्युनिस्ट चरित्र र सम्बन्ध भत्किन थाल्छ। यसतर्फ सतर्क हुनुस्। तपाईं र मबीच किन दरार उत्पन्न भयो? म इतिहासको कठघरामा उभिएर जवाफ दिइरहेको छु। के तपाई होब्जा हो? के म लिम्पिया भएकै हो? यसको जवाफ नेतृत्वले पनि दिनुपर्छ।’ 

२०६२ को कार्तिकमा रुकुमको चुनवाङमा बसेको तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै तत्कालीन माओवादी नेता रामबहादुर थापा बादलले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई झक्झक्याउने मात्रै होइन, तिखा प्रश्नसमेत तेर्स्याएका थिए। चुनबाङ बैठकमा भावोत्तेजक भएका बादलले नेतृत्व कहाँ कहाँ सुध्रिनु पर्छ र उनी आफै चाहिँ कहाँ कहाँ चुके भनेर समीक्षात्मक टिप्प्णी गरेका थिए। माओवादीले सोही बैठकबाट सहर केन्द्रित विद्रोहको नीति अख्तियार गरेको थियो। 

पार्टीको विचार र एजेन्डामा बहस गर्ने, नेतृत्वमाथि तिखा प्रश्न खडा, कमजोरी औल्याउँदै खबरदारी गर्ने यिनै बादल अहिले केपी शर्मा ओलीको 'दौराको फेर समातेर' एमालेमा आफ्नो पदका लागि पैरवी गर्न प्रतिष्ठालाई लिलामीमा राखेका छन्। सौराहामा ओली जसो जसो भन्छन् उसैउसै गरिरहेका छन् बादल। विचारशून्य। 

विश्लेषक श्याम श्रेष्ठको भाषामा भन्ने हो भने बादललगायतका पूर्वमाओवादीबाट एमाले गएका नेताहरू ओलीको लाचार छाया बनिरहेका छन्। नेतृत्वमाथि प्रश्न गर्न त परको कुरा आफ्नै विषयमा पनि खुलेर बोल्न सकिरहेका छैनन्।

corrent noodles
Metro Mart

बादल मात्रै होइन, तत्कालीन नेकपाको निरन्तरता भन्दै एमालेमा बसेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रमु शाह, मणि थापालगायतका नेता पनि एमाले महाधिवेशनमा 'चुइँक्क'सम्म बोलेनन्। टोपबहादुर रायमाझी, लेखराज भट्ट माओवादीमा रहँदा नेतृत्वमाथि प्रश्न गर्ने र आफ्ना कुरा खुलेर राख्ने नेताका रुपमा चिनिन्थे। शान्ति प्रक्रियामा आएपछि पनि उनीहरुले पार्टीको बैठक र महाधिवेशनमा नेतृत्वमाथि प्रश्न उठाउने गरेका थिए। पार्टीले लिने कार्यदिशामा जोडदार बहस गर्ने गरेका थिए। अर्का नेता मणि थापा क्रान्तिको धार कमजोर भयो भन्दै नेतृत्वलाई संगीत र साहित्यमार्फत् खबरदारी गररहन्थे। 

विश्लेषक श्याम श्रेष्ठको भाषामा भन्ने हो भने बादललगायतका पूर्वमाओवादीबाट एमाले गएका ओलीको लाचार छाया बनिरहेका छन्। नेतृत्वमाथि प्रश्न गर्न त परको कुरा आफ्नै विषयमा पनि खुलेर बोल्न सकिरहेका छैनन्। 

एमाले महाधिवेशनमा पूर्वमाओवादी नेताका रूपमा बनेको छविका विषयमा कुरा गर्दा लेखराज भट्ट मिडियासँग पनि प्रतिक्रिया दिनबाट टाढिए। हामीले उनलाई यो विषयमा जिज्ञासा राख्दा उनी पन्छिए। 'मसँग अहिले बोल्ने केही कुरा छैन,' भट्टले भने। 

पूर्वमाओवादीको स्कुलिङबाट राजनीतिक जीवनमा हुर्किएर एमालेमा घुल्ने प्रयासमा रहेका अर्का नेता मणि थापाले एमालेको महाधिवेशनमा पहिलो पटक सहभागी भएकाले केही नौलो अनुभव भएको प्रतिक्रिया मात्रै दिए। ‘माओवादीमा राजनीति गर्दागर्दै नेकपा भइयो र नेकपाको निरन्तरता भनेर एमालेमै रहियो। एमालेको महाधिवेशनमा पहिलो पटक सहभागी भएका छौँ। स्वाभाविक रुपमा अलि नौलो अनुभव गरिरहेका छौँ,’ उनले भने। उनले विचार छोडेको र ओलीलाई 'सर्वेसर्वा' भनेर आफूले नमानेको दाबी चाहिँ गरे। तर यस विषयमा प्रतिक्रिया दिन भने मानेनन्। 

विश्लेषक भन्छन्- पूर्वमाओवादीले चरित्र बिक्री गरे

महाधिवेशन सुरु हुँदै गर्दा एमालेका केही नेताले उम्मेदवारी दिने घोषणा गर्दा पूर्व माओवादी नेताहरुले सार्वजनिक रुपमा आकांक्षा समेत व्यक्त गर्न सकेनन्। सौराहामा मिडियासँग अन्य नेताहरु आफ्नो दाबी किन भन्ने विषयमा धमाधम प्रचारप्रसार गर्दा पूर्वमाओवादीहरू एजेन्डा र विचारविहीन देखिए। 

एमाले बनेका पूर्वमाओवादी नेताहरुसँग बोल्ने कुरै नभएको ठहर छ, विश्लेषक श्याम श्रेष्ठको। ‘पहिलो कुरा उहाँहरुसँग बोल्ने विषय छैन। दोस्रो बोल्दा लाभभन्दा ज्यादा हानी छ। तेस्रो उहाँहरुले विचारलाई बागमती बागाएर ओलीले जे जे भन्छन् त्यही त्यही मान्छु भनेर नै एमाले प्रवेश गरेका हुन्,' श्रेष्ठले प्रश्न थपे, 'अनि कसरी बोल्छन् त?’ 

एमालेमा ओली हाबी भएसँगै 'कल्चर अफ साइलेन्स' विकास भएको छ। पूर्व माओवादीबाट एमाले बनेका नेताहरु पनि त्यही अभ्यास गरिरहेका छन्।

पूर्व माओवादी नेताहरु सिद्धान्त र विचार छाडेर पदकै लागि एमालेमा गएका कारण उनीहरूका बोल्ने कुरा सकिएको श्रेष्ठको टिप्पणी छ। ‘विचार र सिद्धान्त भाँडमा जाओस्, पद पाए हुन्छ भन्ने मानसिकता बोकेर उहाँहरू एमाले जानुभएको हो। ओलीले पनि राम्रै पद दिए जिम्मेवारी पनि राम्रै पाइहाल्नुहुन्छ। त्यसो भएपछि उहाँहरु किन बोल्नुहुन्छ त?’ उनले भने। 

एमालेमा ओली हाबी भएसँगै 'कल्चर अफ साइलेन्स' विकास भएको छ। पूर्व माओवादीबाट एमाले बनेका नेताहरु पनि त्यही अभ्यास गरिरहेका छन्। ओली जे भन्छन् त्यही सही। ओलीले बोल्दा विराम (अल्पविराम, पूर्णविराम, प्रश्न र विस्मय)लगाएपिच्छे ताली पिटिरहेका छन्। पछिल्लो समय एमाले संस्कार पनि यही बनेको छ। 

विश्लेषक हरि रोकाका अनुसार एमाले बनेका पूर्वमाओवादी नेताले वैचारिक बहसलाई तिलाञ्जली दिएर नै एमालेमा प्रवेश गरेका हुन्। उनीहरू ओलीले जे भन्छन्, त्यो स्वीकार गर्छौं भनेर नै ओलीको नेतृत्व स्वीकार गरेका हुन्। त्यसकारण उनीहरूको मौनता अनौठो होइन। ‘उनीहरू एमालेभित्र एकदमै सानो संख्यामा छन्। जब घरभित्र पुराना सदस्य नै एकआपसमा लडिरहेका छन् भने त्यस्तो अवस्थामा भर्खरै घर पसेकाहरु स्वभाविक रुपमा रमिते हुन्छन्,' उनले भने, 'अहिले पूर्व माओवादी नेताहरु यही अवस्थामा छन्। बहस गर्नका लागि उनीहरु एमाले गएका होइनन्। त्यहाँ बहस छैन भनेर चाहिँ एमाले गएका हुन्। ओलीले जे भने त्यही हुन्छ, ओलीले निगाहा गरे भने राम्रै पद र प्रतिष्ठा पाइन्छ भनेर उनीहरू एमाले गएका हुन्। त्यसैले उनीहरु किन मौन छन् भन्ने कुरा सहजै बुझ्न सकिन्छ।' 

सानो संख्यामा रहेका पूर्व माओवादीले एमालेको ठूलो जमातकै स्वरमा स्वर नथपे उनीहरू आफैँ पेलिने र पिसिने अवस्था छ। रोकाका अनुसार महाविधेशनमा प्रतिस्पर्धाभन्दा सहमतिमा जोड दिएका उनीहरू पराजित हुने भयले उम्मेदवारी दिने आँट किन गरेनन्। ‘पूर्वमाओवादी यी नेताहरुको छवि यस्तो थिएन। पदको लालच बढ्दै गएपछि उनीहरु आफ्नो पुरानो छविलाई बदले। पद प्राप्तिका लागि जे सुकै गर्न तयार भए,’ विश्लेषक रोकाले भने। 

माओवादीमा रहँदा बादलसँग लामै समय राजनीतिक निकटता कायम गरेका तर अहिले माओवादी केन्द्रकै राजनीति गरिरहेका एक नेताले एमालेमा बादलहरू 'निरीह' बनेको बताए।

श्रेष्टका शब्दमा भन्ने हो भने चितवन महाधिवेशनमा पूर्वमाओवादी नेताहरुले जति एक्लिएको महसुस अरु कसैले गर्नुपरे। यति मात्र होइन, उनीहरुले जति ओलीको चाकडी अरु कसैले गर्दा पनि गरेनन्। ‘सरसर्ति हेर्दा उनीहरुले ठूलो छलाङ मारे। तर नकारात्मक दिशामा। क्रान्तिकारी धारका उनीहरु घोर दक्षिणपन्थको बाटोमा हिँडेका ओलीको लाचार छाया बनेका छन्। उनीहरुले पदका लागि आफ्नो चरित्र नै लिलाम गरेका छन्। 

माओवादीमा रहँदा बादलसँग लामै समय राजनीतिक निकटता कायम गरेका तर अहिले माओवादी केन्द्रकै राजनीति गरिरहेका एक नेताले एमालेमा बादलहरू 'निरीह' बनेको बताए। तत्कालको छोटो विश्लेषण मात्र गरेर बादललगायतका नेताहरू एमालेमा गएको तर त्यहाँ पुगेपछि उनीहरूको चरित्र बदल्नुपरेको उनको भनाइ छ। 'नेकपा विभाजन हुने सर्वोच्चको फैसला आउँदा उहाँ मन्त्री हुनुहुन्थ्यो। पछि ओलीले मन्त्रीको प्रलोभन देखाएर केही नेता पनि तान्नुभयो। यसले एमालेलाई त फाइदै भयो होला,' उनले थपे, 'तर हाम्रा साथीहरूको चरित्र बदलियो। आफ्नो छवि बदलेर ओलीको गुणगान गाउनैपर्ने अवस्था आयो।'

एमालेले ओलीलाई सर्वाधिकार दिने भएकाले फरक मत राखे आफू किनारामा पुगिने भएकाले पनि मौन बनेर 'ओलीको दौराको फेरो समात्नु'भन्दा बुद्धिमानी केही नहुने उहाँहरूको निष्कर्ष होला।'

प्रकाशित: Nov 28, 2021| 19:51 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...