आइतबार, जेठ १७, २०८३

झापाको कनकाईमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

झापाको कनकाईमा आईतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २२ जना घाइते भएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८
National life
Shivam cement

विराटनगर‒ झापाको कनकाईमा आईतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २२ जना घाइते भएका छन्। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस कनकाईं नगरपालिका ८ को विरिङ पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

दुर्घटनामा परि कनकाई नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको हो। घाइते भएकाहरुमध्ये ११ जनाको बीएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 28, 2021| 18:00 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।