शुक्रबार, चैत ६, २०८२

'ओमिक्रोन'प्रति सतर्कता अपनाउन डब्लुएचओको आग्रह, यस्तो छ युरोप-अमेरिकाको तयारी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। डब्लुएचओको दक्षिणपूर्वी एसियाली देशहरू हेर्ने क्षेत्रीय कार्यालयले दक्षिणपूर्वी देशमा पनि यसको जोखिम बढेकाले सतर्कता अपनाउन चेतावनी दिएको हो।

National life

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोमलाई 'भेरियन्ट अफ कन्सर्न' घोषणा गरेको छ। ओमिक्रोन तिव्र रुपमा फैलिरहेको विज्ञहरुले बताइरहेका छन्। यद्यपि यो भेरियन्ट कतिसम्म घातक हुने भन्ने अध्ययनकै क्रममा रहेको बताइएको छ। अमेरिका, बेलायत, जर्मनी, क्यानडा, युरोपेली देश र भारतले उच्च सतर्कता अपनाउन सुरु गरेको छन्।  

अफ्रिकी देशमा मिक्रोमको संक्रमण फैलिएसँगै युरोपेली सङ्घअन्तर्गतका राष्ट्रले सोमबारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकमा हुने उडानमा रोक लगाउने निर्णय गरिसकेका छन्। अमेरिकाले पनि सोमबारबाट लागू हुनेगरी दक्षिण अफ्रिका महादेशका तोकिएका आठ वटा बाहेकका देशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ। अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ। त्यस्तै जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारन्टिनमा राख्ने निर्णय गरेको छ। 

भारतले पनि भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङसहितका देश/क्षेत्रबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन र परीक्षण गर्न निर्देशन दिएको छ। त्यस्तै ब्राजिल, इरान, क्यानडा, थाइल्यान्डले पनि अफ्रिकी देशबाट आउने यात्रुालाई प्रतिवन्ध लगाइसकेको छ भने नेपालले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई अनिवार्य क्वारन्टिन राख्ने निर्णय गरेको छ।

प्रकाशित: Nov 28, 2021| 17:55 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्