काठमाडौं– देशभर आज थप १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ८ हजार ९१८ जनाको नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
६हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ।
देशभर आज सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ छ।