शनिबार, जेठ २, २०८३

शिक्षामन्त्री पौडेलले भने, १७ थरी शिक्षकका ३७ थरी माग पूरा हुन्छन्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १७ थरी शिक्षकका ३७ बुँदे माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

National life

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १७ थरी शिक्षकका ३७ बुँदे माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रेस सेन्टर बागलुङद्वारा आइतबारआयोजित पत्रकार भेटघाटमा उनले भने, ‘१७ थरी शिक्षकका ३७ थरी माग सम्बोधनका लागि समिति गठन गरिएको छ।’

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिए। उनले भने, ‘हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ।’ उनले शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। ‘अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना छ।’

मन्त्री पौडेलले शिक्षकका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको जानकारी दिएका छन्। सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको पनि उनको भनाइ छ।

प्रकाशित: Nov 28, 2021| 13:11 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्