आइतबार, जेठ १७, २०८३

ओलीकै गृह जिल्ला झापाका १७ जना केन्द्रीय कमिटीका आकांक्षी

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका थिए।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

विराटनगर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्ला झापामा सक्रिय पार्टीका शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्‍ने भएका छन्। झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसक्नुभएका पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पुनः एक कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेद्वार बन्‍ने भएका हुन्। 

National life

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका थिए। 

यसैगरी पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका अग्‍नि खरेल, देवेन्द्र दाहाल, रबिन कोइराला, हिक्मत कार्की, हरि राजवंशी र जितु गौतम १०औँ महाधिवेशनमा समेत केन्द्रीय सदस्य पदको आकांक्षी छन्। नेता खरेल पूर्वकानुनमन्त्री, दाहाल राष्ट्रियसभा सदस्य, कोइराला संविधानसभा सदस्य, कार्की प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री, राजवंशी सांसद र गौतम संविधानसभा सदस्य हुन्।

प्रदेश नं १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की, प्रदेश सांसद वसन्त बानियाँ र संविधानसभा सदस्य दीपक कार्कीले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा सक्रिय नेता दुर्गा प्रसाईँले केन्द्रीय सदस्यका लागि उम्मेद्वार बन्ने आकांक्षी छन्।

Shivam cement

सहमतिबाट केन्द्रीय पदाधिकारी चयन गर्न प्रयास भइरहे तापनि केन्द्रीय सदस्य पदका आकाङ्क्षी धेरै भएकाले निर्वाचन नै हुने सम्भावना भएको आकांक्षीहरू नै बताउँछन्।

प्रकाशित: Nov 27, 2021| 22:35 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।