मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपाली कांग्रेस इलाम सभापतिमा देउवा निकट डम्बर खड्का निर्वाचित

Siddartha premir insuranceSiddartha premir insurance

नेपाली कांग्रेस इलाम सभापतिमा देउवा निकट डम्बर खड्का निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्।
 |  शनिबार, मंसिर ११, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

इलाम- नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्। 

triton college

खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन्। १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए। १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए। 

खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेदवार हुन्। आचार्य भने संस्थापन इतर समूहमा थिए।

१४औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए। डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो। मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले गठबन्धन गरेर खड्कालाई सघाएका थिए भने आचार्य गठबन्धन बिना आफ्नै प्यान बनाएर चुनावमा होमिएका थिए। संस्थापन समूहका खड्कालाई सघाएका हिमालय कर्माचार्य भने पौडेल पक्ष निकट मानिन्छन् भने थापा देउवा निकट नै हुन्। 

उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमारी लिम्बु दाहाल निर्वाचित भएका छन्। देवानले ८७४, दाहालले ७७८ मत प्राप्त गरिन् उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट निर्वाचित भएका हुन्। उपसभापतिमा पराजित केदार थापाले ७४७ मत र होम दुलालले ६९९ मत पाएका छन्। उनीहरू दुवै जना खड्का नेतृत्वको गठबन्धनबाट उपसभापतिका प्रत्याशी थिए। 

Metro Mart
vianet

सचिवमा पूर्णप्रसाद गौतम र निरोज खड्गी निर्वाचित भए। गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरे। गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको गठबन्धनबाट सचिव निर्वाचित भएका छन्। सचिव पदका प्रत्याशी विष्णु कार्कीले ७२२ र हुकुमलाल थेवेले ७१५ मत पाएका छन्। कार्की भेषराज आचार्य प्यानलबाट र थेवे खड्का नेतृत्वको गठबन्धनबाट सचिव पदमा चुनाव भिडेका थिए। 

सहसचिवमा भने डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी चुनिएका छन्। ८६५ मत र सुवेदीले ७८१ मत पाएका छन्। कार्की खड्का नेतृत्वको गठबन्धन र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन्। सहसचिवमा पराजित चक्र एक्तेन अभिषेकले ६६५ र ६३४ मत पाएका छन्। इलामबाट अपाङ्गता भएको व्यक्तिहरूको कोटाबाट माधव चम्लागाईं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। चम्लागाईंले ८५१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी किशोर कुमार कार्कीले ३५९ र रविचन्द्र अधिकारीले २४२ मत पाएका छन्। 

जिल्ला सदस्यहरूको मतगणना जारी छ। जिल्ला सदस्यमा नौ जना सर्वसम्मत भएका छन्। पालिकाहरूबाट चयन हुने अधिकांश महिला सदस्य र केही पुरुष सदस्य जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन्। देउमाई नगरपालिकाबाट सावित्रा देवी श्रेष्ठ, माइनगरपालिकाबाट राधिका कार्की, चुलाचुलीकी विन्दादेवी बस्नेत, माइजोगमाईकी राममाया लिम्बु, सन्दकपुरकी सविता गुरुङ्ग, इलाम नगरपालिकाबाट रिना घिमिरे, सूर्योदय नगरपालिकाकी रजनी मुखिया महिला कोटाबाट निर्विरोध भएका हुन्। त्यस्तै चुलाचुलीका गणेश प्रसाद फागो, माङसेबङ्गुका नन्दकुमार राई जिल्ला सदस्यमा निर्विरोध भए।

प्रकाशित: Nov 27, 2021| 20:01 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।