मंगलबार, असार ३०, २०८३

साउन १ देखि मजदुरको नयाँ तलब, कति पाउँछन्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साउन १ गतेदेखि मजदुरहरुको नयाँ तलब लागू हुने भएको छ। असार २५ गतेसम्म तोकिने र आगामी आर्थिक वर्ष शुरु भएसँगै सरकारले नयाँ तलब लागू गर्ने तयारी भइरहेको श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए।
 
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले १२ हजार ५ सय रुपैयाँ तलब पुर्‍याउन सकिने बताएको छ। तर, मजदुर युनियनका प्रतिनिधिहरुले १६ हजार ५ सय रुपैंयाँ भन्दा कम नलिने अडान राखेका छन्।
 
श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठक कयौं पटक बसिसकेको छ। उद्योगीहरुले हाल कायम रहेको ९ हजार ७ सय रुपैंयाँबाट १२ प्रतिशत मात्रै तबल बढाउन तयार भएका थिए। धेरै पटकको बैठक बसेपछि उद्योगीहरुले पछिल्लो समय १२ हजार ५ सय पुर्‍याउन सहमत भएका छन्।
 
मजदुर युनियनका नेताहरुले पनि शुरुमा २५ हजारको अडान राखेका थिए। निरन्तरको छलफलपछि १६ हजार ५ सय रुपैयाँमा सहमत भएका छन्।

आइतबार सरोकारवलाहरुसँग विस्तृत र निर्णायक छलफल हुने मन्त्रालयले जानकारी गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्