शुक्रबार, मंसिर ५, २०८२
  • गृहपृष्ठ
  • विचार/ब्लग
  • ओलीको भाषण : लिम्पियाधुराको भोगाधिकार फिर्ता ल्याउनेदेखि गायत्री मन्त्रसम्म

ओलीको भाषण : लिम्पियाधुराको भोगाधिकार फिर्ता ल्याउनेदेखि गायत्री मन्त्रसम्म

हामी पुगेका ठाउँमा परिवर्तन गरेका छौँ। जहाँ एमालेले टेको त्यहाँ परिवर्तन आयो। आयो।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

चुनावहरू आउँदैछन् हामी चुनावको तयारीतर्फ जानेछौँ। जनमत निर्माणको तयारीमा जानेछौँ। एमालेका बहुमत होइन, यस देशमा लोकतन्त्रको रक्षाका लागि एकल बहुमत ल्याउनपर्ने छ। यो एमालेका लागि होइन, देश बनाउनका लागि चाहिएको हो। विकासको लहर चलाउनका लागि। 

National life

अब हामीले ९ वर्षभित्रै दिगो विकास लक्ष्य हासिल गर्नु छ। छोटो समयमा समृद्ध राष्ट्र बनाउनुपर्ने छ।दुनियाँमा कहीँ नभएका महत्वपूर्ण सम्पत्ति पनि यहीँ पाइन्छ। शालीग्राम कालीगण्डकी र सरयु नदीमा पाइन्छ। शालग्राम पाइने दुवै नदी नेपालमा छन्।

हामी सार्वभौमसत्ताको समानता चाहन्छौँ। पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढ्छ। हाम्रा शत्रु कोही छैनन्। कतिपय कुराहरू छलफलको माध्यमबाट कतिपय समस्या टुंग्याउनुपर्नेछ। संवादका माध्यमबाट लिम्पियाधुरालगायतका जमिन फिर्ता लिनुपर्नेछ। फिर्ता लिइएन भने हामीलाई ठगिएको अनुभव हुनेछ। 

आन्तरिक रूपमा हामी लोकतन्त्रका आधारभूत मूल्यमान्यता सुदृढ बनाएर अघि बढ्न चाहन्छौँ। वास्तविक कार्यान्वयन गर्न चाहन्छौँ। जनताको जीवनमा परिवर्तन ल्याउन, सामाजिक न्याय र समानतका लागि, समृद्ध नेपाल र सुखी नेपालीका लागि लोकतन्त्र चाहिएको छ। 

संविधान हामीले बनाएको हो। नेपालीका लागि बनाएको संविधान आवश्यकताका आधारमा औचित्यका आधारमा संशोधन हुन सक्छ। हामी त्यही मान्यतामा छौँ। हामीले विगतमा हिंसा र पृथकतावादी सोचमा रहेका साथीहरूलाई शान्तिपूर्ण राजनीतिमा आउन सहमत गराएका छौँ। अब नेपालमा हिंसात्मक समूह छैन। नेपाल शान्तिपूर्ण वातावरणमा छ। 

Laxmi sunrise bank
kumari

नेपालमा अब लगानीको वातावरण बनेको छ। आन्तरिक लगानीकर्ताका लागि वातावरण बनिसकेको छ। वैदेशिक लागनीलाई पनि उचित वातावरण बनेको छ। यसलाई प्रयोग गरी विदेशीले पनि नेपालमा लगानी गर्न सक्नुहुन्छ। 

हाम्रा राजनीतिक समस्या मूल रूपमा टुंगिएका छन्। तीन तहका सरकार छन्। गणतन्त्रलाई संस्थागत गरेका छौँ। लोकतन्त्र स्थापित भइसकेको अवस्थामा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने अबको आवश्यकता हो। 

हामीले गरेका काम वृत्तचित्रमा देखाएका पनि छौँ। हामीले उत्तरतिरबाट पारवहन सन्धि गरी नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा पुर्‍याएका छौँ। समुद्रमा पुगिहालेका छैनौँ। हामीले धर्तिको अर्बिट छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ। जमिनमुनि तार बिच्छ्याएका छौँ। म प्रधानमन्त्री हुनुभन्दा पहिलेसम्म स्याटेलाइटको मार्ग अर्कैले ओगटेको रहेछ। मेरो सरकारले त्यो मार्ग हाम्रो नाममा ल्याएको छ। 

समुद्रमा हाम्रो हक छ। हामीले स्टिमर चलाइरहेका छौँ। जलमार्गका सम्बन्धमा भारतसँग सहमति भइसकेको छ। 

वर्तमान सरकारबारे म केही भन्न चाहन्नँ। हामीले अतिथि बोलाएर अपशब्द प्रयोग गर्नुहुँदैन। प्रधानमन्त्रीजी काम गर्न चाहनुहुन्य्यो होला। तर त्यहाँ अप्ठ्यारो छ। मलाई अप्ठ्यारो पार्नेहरू आज देउवाका खुट्टा समातिरहेका छन्। 

तैपनि गोपनीयता भने खुस्काउनै पर्ने भयो। त्यो गोपनीय विषय अरु केही होइन, आगामी चुनावपछि एमालेको सरकार बन्छ। स्थानीय तहका निर्वाचनमा आधाभन्दा बढी सिटमा एमाले विजयी हुनेछ।

अब हिँउदभर एमाले प्रवेशका कार्यक्रम चल्छन्। देशका सबै कार्यकर्तालाई एमालेको झन्डामुनि गोलबन्ध हुन आग्रह गर्छु। एमाले चिन्न पनि अप्ठेरो छैन। चिन्ह बोक्न पनि अप्ठेरो छैन। सूर्य कुन खालको पर्‍यो कुनै समस्या हुन्न छुट्याउन। ओम् भुर्भुवस्व: … 

बिहानै उठेर जपिने गायत्री मन्त्र। हे सूर्य देवता संसरालाई उज्यालो बनाएका छौँ। तिमीले दुनियाँलाई मौसम ऋतु दिएका छौँ। सृष्टि गर्छौ, हे सूर्य तिमीले हामीलाई अँध्यारोबाट उज्यालोतिर लैजाऊ। त्यही सूर्य एमालेको चिन्ह हो। नेपालबाट गिरिबी हटाउन एमालेको झन्डा भएका छौँ हे सूर्य।  

प्रचण्डजीको नेतृत्वमा एउटा चोइटो जानु भएको छ। तर उहाँ किन द्वन्द्वकालका समस्या समाधान हुँदैन। अनि मन परेकालाई १०-१० हजार बाँढ्ने  रे!  हिजो सरकारले गर्न दिएन भन्नुहुन्छ। आज म नै शक्तिशाली भन्दै हुनुहुन्छ तर किन समस्या समाधान गर्नुहुन्न? 

अब पूर्वलडाकुहरू एमाले प्रवेश गर्दैछन्। अब एमाले प्रवेश गर्न तयार पूर्व लडाकुलाई म आग्रह गर्न चाहन्छु तपाईहरूले हिजो केका लागि बलिदान दिनु भएको रहेछ हेर्नुहोस्। मेयर, मन्त्री कसलाई बनाइयो? तपाईंहरू सत्ताको राजमार्ग बनिदिनुभयो। हिजोको गल्तीले तपाईंहरू अल्मल्याइनुभयो। अब भ्रममा नपर्नुहोस्। अब सबै पूर्वलडाकु साथीहरू एमालेमा आउनुहोस्। एमाले हिजोका द्वन्द्वका घाउ निको पार्न चाहन्छ। शान्ति प्रक्रिया टुंगाउनुपर्छ। अहिलेको सरकारले यो काम गर्न सक्दैन। किनभने त्यहाँ काम गर्न नदिने तत्व छन्। प्रधानमन्त्रीले चाहेर पनि त्यो काम हुँदैन। 

एमालेले हुलाकी राजमार्ग बनायो। यो काम गर्न एमाले चाहियो। सुनकोसी मरिन डाइभर्सन सुरु गर्न एमाले चाहियो। 

अन्तमा महाधिवेशन सफल भइसकेको छ। तपाईंहरूको सहभागितका लागि धन्यवाद। यसका लागि कष्टलाई म सलाम भन्न चाहन्छु। एमाले परिपूर्ण समाज हो। यसभित्र सांस्कृतिक, खेल, सामाजिक अभियान, मानव अधिकार, उद्यमी, किसानका विषयमा एमालेको ध्यान गएको छ। युवाले विदेशमा रोजीरोटीका लागि जानु नपरोस्। शिक्षा लिनका लागि जानुपर्ला तर श्रम गर्नका लागि विदेश जानु नपरोस्। त्यसमा एमालेको ध्यान गएको छ। युवा उद्यम र प्रधानमन्त्री रोजगारका कार्यक्रम ल्याएका छौँ। 

हामी पुगेका ठाउँमा परिवर्तन गरेका छौँ। जहाँ एमालेले टेको त्यहाँ परिवर्तन आयो। आयो। 

म उपप्रधानमन्त्री भएका बेला शरणार्थीलाई अमेरिका पठाउने काम भयो। ती भूटानीहरू आज अमेरिका पुगेर चिल्ला गाडी चढेका छन्। राम्रा विद्यालयमा छोराछोरी पढाएका छन्। हामी जहाँ पुग्छौँ त्यहाँ परिवर्तन भएको छ। 

पहिलो पटक प्रधानमन्त्री हुँदा मैले तुइन हटाउने भनेको थिएँ। नपत्याए तुइनका फोटा खिचेर राख्नुस् भन्या थिएँ। तर हतारमा मलाई हटाए। फेरि आएर तुईन विस्थापन गरेँ। पहिले जतातजै त्रिशुलीको बाटोमा तुईन थिए। अहिले एउटै तुईन छैनन्। हामीले सुरुङ युगको सुरु गर्‍यौँ। हामी अब सूचना प्रविधिका क्षेत्रमा विज्ञानका क्षेत्रमा विकास गर्छौं। 

समझदारी सहमति र एकताका साथ पर्सिसम्ममा महाधिवेशन सम्पन्न गर्नेछौँ। सर्वाधिक जनसहभागितताका साथ सम्पन्न भएको छ। बन्दसत्र एकताबद्ध ढंगले ५ वर्षका लागि एमालेलाई मात्र होइन, देशलाई नै निर्देश गर्ने एकताबद्ध नेतृत्व निर्माण गरी महाधिवेशन हलबाट बाहिर आउनेछ।

१३ गते पत्रकार सम्मेलन गरी एमाले महाधिवेशन सफलताको विज्ञप्ति जारी गर्नेछौँ। सानातिना अन्तर्विरोध र समझदारीमा एकतालाई विश्वास गरी त्यो उचाइबाट काममा लाग्न म कार्यकर्तालाई आग्रह गर्छु।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...