शुक्रबार, चैत ६, २०८२

चिकित्सकको विवरण चोरी भएको भन्दै स्वास्थ्य मन्त्रालय र सीआईबीमा उजुरी

काउन्सिलमा दर्ता भएका चिकित्सकको व्यक्तिगत विवरणको दुरुपयोग भएको भन्दै काउन्सिलका सदस्य पदका उम्मेदवार डा. कुम्भराज जोशीले उजुरी गरेका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचनका क्रममा दर्तावाल चिकित्सकको व्यक्तिगत विवरण दुरुपयोग भएको भन्दै स्वास्थ्य मन्त्रालयल र प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीमा उजुरी दर्ता भएको छ। काउन्सिलमा दर्ता भएका चिकित्सकको व्यक्तिगत विवरणको दुरुपयोग भएको भन्दै काउन्सिलका सदस्य पदका उम्मेदवार डा. कुम्भराज जोशीले उजुरी गरेका छन्।

National life

‘नेपाल मेडिकल काउन्सिलको तथ्यांक चोरी भएको बिषयमा सत्यतथ्य उजागर होस् भनि काउन्सिलमा दर्ता गरेको निवेदन उपर छानबिन र काम कारबाही छिट्टो होस् भनि निवेदन पेश गरेको छु,’ डा. जोशीले पत्रमा उल्लेख गरेका छन्।

दर्तावाला चिकित्सकहरूले सम्पर्क नम्बर माग्नु गैरकानुनी भएको उजुरीपत्रमा उल्लेख छ। निर्वाचनका दुई उम्मेदवार डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरूसँग भोट मागेको आरोप छ। काउन्सिलको निर्वाचन उपत्यका बाहिर मंसिर ३ र ४ गते भएको थियो भने उपत्यकामा  मंसिर १० र ११ गते हुँदैछ।

डा. जोशीले काउन्सिल समक्ष उजुरी दर्ता गराएका थिए। तर, काउन्सिलले उक्त विषयमा आरोप लगाइएका व्यक्तिका विषयमा भने केही पनि बोलेको छैन। काउन्सिलबाट सत्यतथ्य तथा स्पष्ट जवाफ नआएपछि उजुरी दर्ता गरेको डा. जोशीको भनाई छ।

प्रकाशित: Nov 26, 2021| 11:09 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्