मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकले शुरु गर्‍यो पैसा नलाग्ने सुरक्षित अनलाइन कारोवार

सनराइज बैंकले शुरु गर्‍यो पैसा नलाग्ने सुरक्षित अनलाइन कारोवार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सनराइज बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासँग सहकार्य गर्दै भेरीफाइड बाइ  भिसा (भीबीभी )  सेवा सञ्चालनमा ल्याइएको छ ।

यो सेवमार्फत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेटमार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने बैंकले बताएको  छ । 

बैंकको अनुसार  यो सेवामार्फत ग्राहकवर्गले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेटमार्फत भुक्तानी (अनलाइन  पर्चेज/इकमर्श) गर्दा  बैंकमा दर्ता गरिएको मोवाइल तथा इमेलमा अनटाइम पासपोर्ट (ओटीपी) प्राप्त गर्नेछन् । सोहि ओटीपीमार्फत मात्र कारोवार  हुने र त्यसले कारोवार गर्ने व्यक्ति वैध  भनि पुष्टि गर्ने जनाइएको छ  ।  

सो अनलाइन सेवा सञ्चालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ । सेवा सञ्चालन वापत कुनै पनि शुल्क नलाग्ने बैंकको  भनाइ छ  ।

बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ सेवा तीन वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएममार्फत आफ्ना चार लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्