शनिबार, जेठ २, २०८३

स्वस्थ र फिट रहन दैनिक दुई घण्टा उभिने!

एक नयाँ अध्ययनले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- एक नयाँ अध्ययनले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ।

National life

कुनै पनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ।

कार्यालयसमा लामो समयसम्म लगातार कुर्सीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ। अध्ययनले कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनुपर्ने सुझाव दिएको छ।

उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ। अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर बित्‍ने देखिएको छ। यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ‍।

अध्ययनले बसेर काम गर्नेलाई ३०-४० मिनेटको अन्तरमा शरीर तन्काउने गर्नु भन्दै सुझाव दिएको छ। कर्मचारीलाई बसेर उभिएर काम गर्ने वातावरण बनाउन सके त्यसले उत्पादकत्वमा निकै वृद्धि हुने सुझाव दिएको छ।

प्रकाशित: Nov 26, 2021| 04:15 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्