शुक्रबार, भदौ ५, २०८३

कांग्रेस डोटीको सभापतिमा सिंह विजयी

बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेको थियो। त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेको थियो। त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन्। सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी भएका हुन्। 

मंगलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियो। सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो। मंगलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए। 

कुल मतदाता एक हजार १०७ रहेका थिए। बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ। मंगलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए। 

प्रकाशित: Nov 25, 2021| 11:47 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...