शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

चितवन- नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११: ४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने कार्यक्रम छ। देउवा हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १: १५ बजे देउवा फर्कनेछन्।

तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन। अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन्। एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ। महाधिवेशन यही मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ।

प्रकाशित: Nov 25, 2021| 09:11 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...