शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्चको फुटकोर्ट बस्दै, १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

सर्वोच्चको फुटकोर्ट बस्दै, १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

सर्वोच्च अदालतमा आज पूर्ण (फुलकोर्ट) बैठक बस्ने भएको छ। गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बस्न थालेको हो।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- सर्वोच्च अदालतमा आज पूर्ण (फुलकोर्ट) बैठक बस्ने भएको छ। गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बस्न थालेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूबीच बुधबार बसेको बैठकले पेसी तोक्दा गोलाप्रथा लागू गर्न आज फूल कोर्ट बैठक बस्ने सहमति गरेको थियो। न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय गरेको छ।

न्यायाधीशहरूले गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्नेछन्। हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन्।

सर्वोच्चमा मुद्दाको पेशी गोला प्रणालीबाट तोक्नेगरी ६ मंसिरमा नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ। मंसिर २ गतेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेशी तोक्नेगरी नियमावली संशोध गरेको थियो।

प्रकाशित: Nov 25, 2021| 08:58 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...