काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। ओली पार्टीको १०औं महाधिवेशन उद्घाटनका लागि चितवन जाने भएका हुन्। उनी आज बिहान ११ बजे चितवन पुग्नेछन्।
उनी आजै केही कार्यक्रममा समेत सहभागी हुनेछन्। दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ।
सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे चितवन पुगिसकेका छन्। एमाले महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ ।
शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ।