केट मोर्गन
हामीलाई प्रायः के भनिन्छ भने अघि बढ्नका लागि कडा मेहतन गर्नुपर्छ र अरुभन्दा अलग देखिने प्रयास गर्नुपर्दछ। तर वास्तविकता त्यतिमा मात्रै सीमित छैन।
बितेको ग्रीष्म ऋतुमा बेलायती लेखक केट लिस्टरलाई यही कुरा कुरा ज्ञात भयो। अनि उनले आफ्नो अनुभव ट्विटरमा पोख्छिन्- तपाई कति वर्षको हुनुहुन्थ्यो जब तपाईंले इमान्दार र परिश्रमी हुन बिना कुनै सोधपुछ आफ्नो कामको लागि सम्मानित र पुरस्कृत भइन्छ भन्ने कुरा बेकारको रहेछ भन्ने लाग्न थालेको थियो?
उनको कुरा अलि अपाच्यजस्तो लागे पनि उनको सो ट्विटलाई ४ लाखले लाइक वा रिट्विट गरे।
‘युवा वयदेखि नै मानिसलाई कडा मेहनत गर्नुपर्छ, यसैले हामीलाई लक्ष्यमा पुर्याउँछ भनिए पनि वास्तवमा यस्तो हुँदो रहेनछ,’ जेफ सह्यानन भन्छिन्।
उनी क्यारियर कायन्सिलिङको काममा आबद्ध छिन्। यस्तै विषयमा लेखिएको उनको पुस्तक ‘हाई वर्क इज नट इनफ’ चर्चित छ। ‘कामको सुरुवातमा कडा मेहनत त राम्रै कुरा हो तर कडा मेहनतले मात्र तपाईंलाई काममा स्थापित गराउन सक्तैन। काममा प्रगति गर्दै गएर उच्च तहमा पुग्न कडा मेहनत मात्र पुग्दो हुँदैन,’ उनी भन्छिन्, ‘एउटा तहमा पुगेपछि तपाईंलाई के लाग्छ भने यो तहमा सबैले कडा मेहनत त गरिरहेका छन्। यतिले मात्रै तपाई करिअरको भर्याङ चढ्न सक्नुहुन्न।’
तसर्थ, प्रशासनिक संरचनामा इमान्दारिता र मेहनतको कदर नहुनु अन्यायपूर्ण छ नै, जब तपाईं विशेषगरी काममा बढुवाको अपेक्षा गरिरहनु भएको हुन्छ। अघि बढ्नको लागि तपाईंले कामभन्दा बढी अरु पनि गर्नुपर्दछ।
तपाईंले गर्ने मेहनत यदि कसैले देख्दैन भने गम्भीर भएर काम गरिरहन आवश्यक छैन। तपाईंको योगदानलाई बढुवा र प्रगतिमा रूपान्तराण गर्ने हो भने, यस परिवर्तित समयमा, तपाईंले के हेक्का राख्नुपर्छ भने मान्छेले तपाईंलाई र तपाईंको कामलाई याद गर्नुपर्यो।
केट लिस्टरको जस्तो सोचाई बेला-बेलामा मानिसका दिमागमा आउँछ। जब आफू सरहका वा आफूभन्दा कम क्षमताको मान्छेको फटाफट बढुवा हुन्छ तर तपाईं भने एउटै पदमा अड्केको अड्क्यै हुनुहुन्छ। प्रायः के देखिन्छ भने जसको बढुवा भएको हुन्छ उसले ‘राजतीति’ गरेर आफूलाई अब्बल सावित गरेको हुन्छ जुन बेलमा तपाईं भने काममै घोट्टिइरहनु भएको हुन्छ।
तपाईंले गर्ने मेहनत यदि कसैले देख्दैन भने गम्भीर भएर काम गरिरहन आवश्यक छैन। तपाईंको योगदानलाई बढुवा र प्रगतिमा रूपान्तरण गर्ने हो भने, यस परिवर्तित समयमा, तपाईंले के हेक्का राख्नुपर्छ भने मान्छेले तपाईंलाई र तपाईंको कामलाई याद गर्नुपर्यो।
‘मेहनत पनि महत्वपूर्ण छ,’ अमेरिकामा रहेको परामर्श दातृ संस्था ‘निगोसिएटिङ वुमन’का प्रेसिडेन्ट क्यारोल फ्रोलिङगर भन्छिन्, ‘त्यसले मानिसहरु मेहनत गर्छन्। राम्रो परिणामका लागि दत्तचित्त पनि हुन्छन्। उनीहरुको अपेक्षा हुन्छ कि जिम्मेवार हाकिमले उनीहरुलाई राम्रै स्थानमा सिफारिस गर्लान् तर वास्तवमा त्यसो भइदिँदैन।’
राम्रो काम गर्नेहरु छायामा परेजस्तै हुन्छन्। त्यसैले जब बढुवाको अवसर आउँछ मान्छेहरूले उनीहरुको बारेमा सोच्दै सोच्दैनन्।
प्राथमिक तहमै हुँदा हामीलाई के सिकाइएको हुन्छ भने मेहनत गर्नेले नै उन्नति गर्छन। साथै शिक्षकहरुले पनि मेहनत गर्ने विद्यार्थीलाई नै सम्मान गर्ने हुँदा हामीलाई के लाग्छ भने हाम्रा हाकिमले पनि मेहनत गर्नेलाई सम्मान गर्लान् तर अफिसको दुनियाँमा यो अनुभव र सिकाइ प्रायः गलत सिद्ध भइरहेको छ।
सह्यानन भन्छिन्, ‘एउटा निश्चित समयपछि त मेहनतलाई मान्छेहरुले देख्नै छाड्छन् किनभने तपाईंसँग काम गर्ने सबैले तपाईंकै हाराहारीमा काम गरिरहेका हुन्छन्। यदि तपाईंले आफूलाई अर्कै ढंगमा आकर्षित गर्नसक्नु भएन भने तपाईं भीडमा हराउने डर हुन्छ।
‘महलिा र पुरुष दुवैलाई आफ्ना हाकिमले उनीहरुको कामलाई बेवास्ता गर्ने हुन् कि भन्ने डर हुन्छ,’ फ्रोलिङ भन्छिन्, ‘यस मामलामा महिला अझ बढी मारमा परिरहेका हुन्छन् किनभने पुरुषले आफ्नो उपलब्धिको कुरा गर्नु स्वभाविक ठानिए पनि महिलाहरूले त्यही कुरा गर्दा भने घमण्ड गरेको ठानिन्छ र उनीहरुलाई दण्डित गराइन्छ।’
त्यसो भए परम्पराविरुद्ध चल्ने उपाय के हो त? महिला र पुरुष दुवैलाई उपयुक्त हुने उत्तर हो- कार्यस्थलमा कार्यरत हुँदा अरुले आफूलाई कसरी याद गर्न सक्छन् भन्ने कुनै नयाँ उपाय पत्ता लगाउनु पर्यो जसो गर्दा तपाईको मूल्याङ्कनको लागि वार्षिक समीक्षा नै कुरिरहनु नपरोस्।
‘गार्डेनिङको रुचि हुने हाकिमलाई सो सम्बन्धी लेख इमेल गरिदिए मात्र पुग्छ। तपाईंलाई काम लाग्ला कि भनेर पठाइदिएको भनिदिए पुग्छ। त्यती मात्र हुँदा पनि धेरै काम बन्छ।’
‘धेरै कम्पनीमा कर्मचारीहरुको मूल्याङ्कन वर्ष-वर्ष दिनमा गर्ने गरिएको हुन्छ,’ फ्रोलिङगर भन्छिन्, ‘तर वर्षको अन्त्यमा तपाईंले स्व-मूल्याङ्कन मात्र पाउनुहुन्छ। अर्थोक केही पाउनुहुन्न त्यो बेला अर्को एक वर्ष कुर्ने धैर्यता कसैमा हुँदैन।’
उनको सुझाव के छ भने हाकिमलाई आफ्नो कामको आद्यावधी गर्दै रहने, प्राप्त उपलब्धिहरुलाई सान्दर्भिक प्रसंगमा सम्झाइ रहने गर्नु पर्दछ। त्यो क्रममा त्यस्तो भाषा प्रयोग गर्नुपर्दछ जसले तपाईंको इमान्दारिता र सामूहिक नेतृत्वको गुण झल्कियोस्।
राजनीतिको महत्व
धेरैजसो कार्यालयमा तथा उद्योगमा अघि बढ्नको लागि क्षमता भात्र भएर पुग्दैन, तपाई आफू पनि लायकको देखिनु पर्दछ। ‘तपाईंले आफ्नो प्रभाव स्थापित गर्ने हो भने मान्छेले तपाईंलाई त्यस्तरी विश्वास गर्नुपर्दछ जसरी एउटा उम्मेद्वारलाई मात्र मानिसले विश्वास गर्छन्,’ सह्यानन भन्छिन्।
‘तपाईमा नेताको जस्तो गुण देखिनु पर्दछ,’ फ्रोलिङर भन्छिन्, ‘तपाईंलाई आफ्नो तहका सहकर्मी तथा आफूभन्दा तल्लो वा माथ्लो तहका सहकर्मीले पनि मन पराउनु पर्दछ। अनुसन्धानहरुमा पाइएको छ भने उस्तै काम गर्ने सहकर्मीमाझ जसलाई धेरैले मन पारउँछन् उसको राम्रो मूल्याङ्कन हुने गरेको छ।’
यहींनेर गाँठी कुरा लुकेको छ। तपार्इं र तपार्इंको सहकर्मीबीच उस्तै सीप र कार्यशैली छ, तर जसले धेरैलाई प्रभावित पारेको छ, उसैलाई सबैले मनपराउँछन्। आखिर हाकिम पनि मान्छे नै त हुन् र यो मानवीय गुण नै हो जसलाई मनपराइन्छ उसैलाई रुचाइन्छ।
‘कार्य क्षेत्रमा ‘राजनीतिक पुँजी’ बढाउने सम्भावना निकै हुन्छ। आफ्ना सहकर्मीको रुचि र चाहनालाई यसो नियाल्ने हो भने हामी अफिसमा रुचाइन सक्छौं। कसैको सोख एकै प्रकारको हुन सक्छ,’ उनी भन्छिन, ‘गार्डेनिङको रुचि हुने हाकिमलाई सो सम्बन्धी लेख इमेल गरिदिए मात्र पुग्छ। तपाईंलाई काम लाग्ला कि भनेर पठाइदिएको भनिदिए पुग्छ। त्यती मात्र हुँदा पनि धेरै काम बन्छ।’
त्यसैले अब तपाईले सामाजीकरणको आफ्नो प्राथमिकतालाई अलिकति परिवर्तन गर्नुपर्दछ। ‘तपाईंले नै आफ्नो पेशाको बारेमा गम्भीर भएर सोच्ने हो अरुले त होइन,’ उनी भन्छिन्। फेरि यस्तो कामले कसैलाई हानी पनि त गर्दैन। बरु अघि बढ्न नै सहयोग गर्छ। ‘तपाईंले नै आफ्नो पेशाको बारेमा गम्भीर भएर सोच्ने हो अरुले त होइन,’ उनी भन्छिन्।
यो आफ्नो वृत्ति विकासको ‘मर्मतसम्भार’ गरिएजस्तै सामान्य काम हो, जुन प्रत्येक कर्मचारीको जिम्मेवारी पनि हो।
-बिबिसी वर्कलाइफ लेखमा भावानुवाद