शनिबार, जेठ २, २०८३

सुदूरपश्चिममा कोरोना संक्रमण : २४ घण्टामा आठ जना थपिए, एकको मृत्यु

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६९१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

National life

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६९१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

आरटी पीसीआरमार्फत तीन र एन्टीजेन विधिमार्फत पाँच जनामा पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक  अस्पतालमा दुई र बाजुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ। एन्टीजेन विधिमार्फत कैलाली र कञ्चनपुरका दुई-दुई र डडेल्धुराका एक जनामा पुष्टि भएको छ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का २९ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यसअघि मङ्गलबार यस प्रदेशमा ११ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाले ज्यान गुइसकेका छन्। 

प्रकाशित: Nov 24, 2021| 21:20 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्