शनिबार, चैत ७, २०८२

सूर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न सबै उपाय अपनाइन्छ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा गर्न सबै उपाय अपनाइने बताएका छन्। बुधबार स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको संयुक्त आयोजनामा भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’सम्बन्धी बहुपक्षीय बैठकमा उनले उनले यस्तो बताएका हुन्। 

National life

मन्त्री खतिवडाले मानिसलाई डर देखाएर भएपनि सूर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न चिकित्सकहरुलाई आग्रह गरेका थिए। 'मानिस/बिरामीलाई डर देखाएर भएपनि सूर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्नुपर्छ। सरकारले यो काममा कुनै कसर बाँकी राख्दैन। सबै उपाय अपनाउँछ। तपाईंहरूले उनीहरूलाई त्यही अनुसारको परामर्श दिनुहोला,' मन्त्री खतिवडाले भने।  

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने बताए। मासिक रुपमा कम्तीमा दुई अर्बभन्दा धेरै पैसा नेपालीले चुरोटको सेवनमा खर्च गर्ने बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तिजन्य पदार्थको प्रयोग रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न सक्ने भन्दै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्ने बताए।  

कार्यक्रममा सहिद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले विगत १० वर्षमा हृदयघात हुने संख्या ४६ गुणाले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको बताएका थिए। 

Laxmi sunrise bank
kumari

सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको उनले बताए। उनका अनुसार सबैभन्दा बढी हृदयघात चुरोट सेवनबाट हुने गरेको छ। कार्यक्रममा द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून राम्रो भएपनि सरकारले त्यसको कार्यान्वनय राम्ररी गर्न नसकेको बताए।  उनले नीति बनाउँदा सुर्ती उद्योगलाई सहयोग पुग्ने गरी होइन कि जनस्वास्थ्यमा सहयोग पुग्नेगरी बनाउनुपर्नेमा जोड दिए। 

नेपाल सूर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सूर्तिजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरीव जनतामा यसको प्रयोगदर उच्च भएको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले बताए। उनले राज्यले बनाएको ऐन तथा निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भएपनि बर्षौ देखि स्वदेशी उद्योगले त्यसको कार्यान्वनय गर्न अटेरी गरेको बताए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी नसर्ने रोग विभागकी चिकित्सक डा लोनिम दीक्षितले नेपालमा नसर्ने रोग नियन्त्रण गर्ने हो भने सुर्तीजन्य पदार्थको नियन्त्रणबाटै सुरु गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘अब ९० प्रतिशत चेतावनीमूलक चित्रतर्फ अल्झिनेभन्दा पनि प्लेन प्याकेजिङमै जानुपर्छ।’

प्रकाशित: Nov 24, 2021| 17:30 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्