शनिबार, साउन १६, २०८३

सीटीईभीटी नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ र०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ र०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ।

परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धि निर्देशिका बमोजिम छात्रवृत्ति छनोटका लागि विद्यार्थीलाई मंसिर २८ गतेभित्र आवेदन दिन माग गरेको हो।

परिषद्को आंगिक, साझेदारी तथा निजी शिक्षण संस्थाहरुमा निर्धारण गरिएको निःशुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका विद्यार्थीहरुले कुनै एक प्रदेशबाट मात्र आवेदन दिन सक्ने जनाएको छ।

प्रकाशित: Nov 24, 2021| 15:38 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्