मंगलबार, असार ३०, २०८३

नेपाली रुपैयाँ डलरसँग सर्वाधिक कमजोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार तोकेको विनिमयदर अनुसार एक डलरबराबर ११० रुपैयाँ ६२ पैसा पुगेको छ ।  यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो। 

बुधबार डलरको विनिमदर ११० रुपैयाँ २८ पैसा तोकिएको थियो। यो आर्थिक वर्ष सुरु भएयता अहिलेसम्म नेपाली रुपैयाँ (नेरु) डलरको तुलनामा सात रुपैयाँ १४ पैसा सस्तो भएको छ।

डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेरुमा पनि देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारु सस्तो भएको हो। 

भारुमा  डलरको जेजस्तो प्रभाव पर्छ त्यसको सोझो असर नेरुमा पर्छ। भारुसँग नेरुको विनिमय दर भने स्थिर छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्