शनिबार, जेठ २, २०८३

विद्यार्थीलाई कोरोना खोप लगाउने विषयमा दुई मन्त्रीबीच छलफल

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच छलफल भएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच छलफल भएको छ।

National life

मंगलबार  स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले खोप लगाउने विषयमा स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन्। मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन्। 

‘विद्यालय खुलेसकेका छन्। १८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन्। त्यसमुनीका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुपर्‍यो,’ शिक्षा मन्त्रीले भनेका थिए।

शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने,  ‘प्रत्येक विद्यालयमा पुगेर एक हप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौं। शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ. खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुपर्‍यो।’

छलफलका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए। 

‘बालबालिकाको लागि एक करोड डोज खोप अमेरिकाबाट आउने भएको छ,' मन्त्री खतिवडाले भने,  ‘आउने बित्तिकै विद्यार्थीले खोप पाउँछन्।’ मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए। 

१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति  दिएको छैन। १२ वर्षमाथिका विद्यार्थीका लागि एक लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताएका छन्। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने छ। जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन्। ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए।

प्रकाशित: Nov 24, 2021| 07:18 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्