शनिबार, साउन १२, २०८१

रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल समूहका लम्साल विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

बुटवल- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा  हरि लम्साल विजयी भएका छन्।  मंगलबारराति सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समूहका लम्साल विजयी भएका हुन्। लम्साल दोस्रो कार्यकाल पुनः सभापति बनेका हुन्। 

triton college

सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले जानकारी दिए। त्यस्तैगरि सचिव पदमा संस्थापन समूहका उम्मेदवार प्रजापाल गिरी र संस्थापन इतर समूहबाट विमलराज भट्टराई निर्वाचित भएका छन्। सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरे। 

सहसचिव पदमा मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मतसहित विजयी भएका छन्। दुवै जना संस्थापन इतरका हुन्।  महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ।

यसअघि राती नै मतगणना हुँदै गर्दा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीलाई देउवा समूहकाले आक्रमण गर्दा घाइते भएका थिए। मतगणना सकिनै लाग्दा आक्रमण भएपछि केहिबेर मतगणना रोकिएको थियो। राती पुनः मतगणना गरेपछि परिणाम सार्वजनिक भएको गरिएको हो।

प्रकाशित: Nov 24, 2021| 06:42 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।