शनिबार, चैत ७, २०८२

कक्षा ११ को रजिस्ट्रेसन र १२ को परीक्षा आवेदन फारम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ।

National life

शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले रजिस्ट्रेसन फारम खोल्नुका साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम खुला गरेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी पुस २१ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्न र आगामी माघ ७ गतेभित्र सम्बन्धित विद्यालयले बंैक भौचर सहित बोर्डको कायर्मलयमा बुझाउन निर्देशन दिइएको बताए। बोर्डले नयाँ पाठ्यक्रम अनुसार एक समूहबाट एक विषय मात्र रोजेर कक्षा ११ को रजिस्ट्रेसन फारम भरी प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेडसिटको प्रतिलिपि पनि फारमसँगै संलग्न गरेर पठाउन सूचित गरेको छ।

यसका साथै बोर्डले कक्षा १२ को परीक्षा फारम आगामी माघ २१ गतेसम्म भरेर फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्न विद्यालयलाई सूचित गरेको छ।


प्रकाशित: Nov 23, 2021| 15:03 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्