सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • अहिले पनि छुवाछूतमुक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था लाजमर्दो : मुख्यमन्त्री केसी

अहिले पनि छुवाछूतमुक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था लाजमर्दो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूतलाई संविधानले दण्डित गरे पनि कार्यान्वयनमा कमजोरी रहेको बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूतलाई संविधानले दण्डित गरे पनि कार्यान्वयनमा कमजोरी रहेको बताएका छन्। उनले संवैधानिक रुपमा अधिकार प्राप्त भइसकेको बताउँदै संविधान कार्यान्वयन रहेको चुनौती पत्ता लगाउनुपर्ने बताए।

sagarmatha cement

दलित महिला संघले मंगलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियन्ताहरुको दुई दिने प्रदेश सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधिहरु जिम्मेवार हुनुपर्ने बताए। मुख्यमन्त्री केसीले अहिले पनि छुवाूतमुक्त घोषणाका अभियान सञ्चालन गर्ने हो भने त्यो लाजको पसारो हुने बताए। ‘संविधान कार्यान्वयनमा त्रुटि देखियो, यसले संविधानमाथि नै प्रश्न उठाएको छ,’ मुख्यमन्त्री केसीले भने। 

उनले संघीयता कार्यान्वयनका लागि अधिकार पाउन नसकेको संकेत गरे। ‘५ वर्षको अवधिमा ठूलो परिवर्तन गर्न सकिन्छ, त्यसैले ५–५ वर्षमा आवधिक निर्वाचन गरिन्छ,’ उनले भने, ‘तर अहिले प्रदेशले संघसँग र स्थानीय तहले प्रदेशसँग अधिकार माग्नुपरेको छ।’ 

उनले सामाजिक विभेद सवैधानिक रुपमा अन्त्य भए पनि व्यवहारिक रुपमा त्यो जीवित भएको विषयमा दलीय र अभियानकर्मीहरुको संयुक्त बुुझाइ हुनुपर्ने उनले बताए। उनले अधिकार प्राप्त भइसकेकाले कार्यान्वयनका लागि दलित जनप्रतिनिधिहरु जिम्मेवार हुनुपर्ने बताए। मुख्यमन्त्री केसीले यो विभेदको समय नभएको भन्दै पार्टीहरुको सम्मेलनमा संघर्ष गर्न आग्रह गरे। ‘गोष्ठी सेमिनारमा असन्तुष्टि पोख्ने तर पार्टीमा जानेबित्तिकै बोल्न नसक्ने, टिकटका लागि आत्मसर्पण गर्ने प्रचलन देखिएको छ,’ उनले भने। उनले दल र अभियन्ताहरुबीच साझा मुद्दा तय गरेर अघि बढ्नुपर्नेमा जोड दिए। 

उनले लुम्बिनी प्रदेश सरकारले छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताए। सम्मेलन उद्घाटन समारोहमा संविधानसभा सदस्य विनोद पहाडी, प्रदेशसभा सदस्य कमला देवी विश्कर्मा, दीपा विश्वकर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, बबई नगरपालिकाका उपप्रमुख सावित्रा विश्वकर्मा, बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विश्वकर्मा, संघका अध्यक्ष कला स्वर्णकार लगायतले बोल्दै विभेद अन्त्य नगरी समाजवाद आउन नसक्ने बताएका थिए। 

दुुई दिने सम्मेलनमा दलित महिलाको प्रतिनिधित्व, संविधान कार्यान्वयन लगायतका विषयमा छलफल हुनेछ। बुधबार नयाँ नेतृत्व सहित घोषणापत्र जारी गरेर सकिने महासचिव रेणु सिंजापतीले जानकारी दिए। सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधिहरुको सहभागिता छ। 

प्रकाशित: Nov 23, 2021| 13:39 मंगलबार, मंसिर ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।