मंगलबार, असार ३०, २०८३

कर्णाली रोजगार कार्यक्रमको लागि डीएफआइडीको ८७ करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालका लागि बेलायती विकास सहयोग नियोग (डीएफआईडी) ले कर्णाली रोजगार कार्यक्रमका लागि ८६ करोड ९० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आयोगले उक्त कार्यक्रममार्फत मुगु हुम्ला लिंक रोड(एमएचएलआर) निर्माणको लागि उक्त सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ।

मुगु हुम्ला लिंक रोड निर्माणको लागि कुल १५ मिलियन पाउण्डस्टलीङ  लाग्नेमा डीएफआईडीले ६ मिलियन पाउण्डस्टलीङ बराबरको  करिब ८७ करोड रुपैयाँ सहयोग गर्ने भएको हो। बाँकी  ९ मिलियन पाउण्डस्टर्लीङ ग्रामिण विकास कार्यक्रम फेज थ्री अन्तर्गत सहयोग मिल्ने बताइएको छ। उक्त निर्माण गरिने सडकले मुगु र  हुम्लाको ग्रामिण क्षेत्रलाई जोड्ने छ।

बुधबार मन्त्रालयमा एक कार्यक्रमको  आयोजना गरी उक्त सम्झौता भएको हो। मन्त्रालयको अनुसार सम्झौतापत्रमा मन्त्रालयकातर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र डीएफआईडीकातर्फबाट नेपलाका लागि हेड अफ अफिसका रुरीक मर्सडेनले हस्ताक्षर गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्