काठमाडौं– सरकारले कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान सुरु गरेको छ। हैजाको प्रकोप देखिएका ५ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको हो।
जिल्लाको कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगरका सबै वडाहरुमा आजदेखि १५ गतेसम्म खोप अभियान चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले एक साताअगाडि हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको थियो।
मन्त्रालयका अनुसार खोपको दुई मात्रा अनिवार्य भएकोले दुई चरण गरी दिइने छ। उक्त खोप तोकिएको क्षेत्रका १ वर्षमाथिका सबै उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ। मन्त्रालयका अनुसार खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा नेपाल ल्याइएको हो।