शुक्रबार, भदौ १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • महाधिवेशन प्रतिनिधिमा हराएको भन्दै एमाले नेता गुल्जारीले दिए राजीनामा

महाधिवेशन प्रतिनिधिमा हराएको भन्दै एमाले नेता गुल्जारीले दिए राजीनामा

पूर्व कृषि राज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ओमप्रकाश यादव (गुल्जारी) ले महाधिवेशन प्रतिनिधि छनोटमा मधेशको अपमान गरेको भन्दै एमालेको सम्पूर्ण पदबाट राजीनामाको घोषणा गरेका छन्।
 |  शनिबार, मंसिर ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

vianetvianet

बुटवल– पूर्व कृषि राज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ओमप्रकाश यादव (गुल्जारी) ले महाधिवेशन प्रतिनिधि छनोटमा मधेशको अपमान गरेको भन्दै एमालेको सम्पूर्ण पदबाट राजीनामाको घोषणा गरेका छन्। शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलन गरी उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।  

Kumaribank

एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का सहइञ्चार्ज पदबाट राजीनामा दिएको उनले घोषणा गरे। नेकपाको आन्तरिक विवाद हुँदै नेकपा एमाले विभाजनसम्म पनि पार्टीको विचारमा दृढ रहे पनि महाधिवेशनको प्रतिनिधि छनोटमा आफूलाई किनारा लगाउनकै लागि निर्वाचन गरिएको आरोप लगाएका छन्।

‘रुपन्देहीका बुटवल, भैरहवा जस्ता क्षेत्र जहाँ प्रतिनिधिका लागि आकांक्षी धेरै थिए, त्यहाँ सर्वसम्मत गर्ने तर मर्चवार क्षेत्र जहाँ संगठन पनि कमजोर छ। यहाँ व्यक्तिलाई किनारा लगाउन निर्वाचन गरियो,’ उनले भने, ‘मलाई नै केन्द्रीत गरी जिल्ला अध्यक्ष शिव सुवेदी सहितको टिमले भूमिका खेल्यो।’ 

उनले आफूले १० बुँदे कार्यान्वयनकै लागि प्रदेश कमिटीमा बसेर काम गरेको बताए। तर, त्यसलाई पार्टीले गलत रुपमा बुझेर अपमान गरेको उनले बताए। उनले मर्चवार क्षेत्रको विकासमा समेत एमालेको भूमिका जिम्मेवार हुन नसकेको बताउँदै अहिले तत्काल पदहरुबाट राजीनामा दिएको बताए। ‘मैले पार्टी छोडेको छैन, पार्टीमा रहेर साधारण सदस्यको रुपमा काम गर्नेछु,’ उनले भने, ‘तर, पार्टीले गल्ती नसुधारे पार्टी छाड्न पनि सक्छु।’

महाधिवेशन प्रतिनिधि छनोट निर्वाचनमा पार्टीले छानबिन र समीक्षा गर्नुपर्ने उनको माग छ। गुल्जारी २०६४ सालमा मधेशी जनअधिकार फोरमबाट संविधानसभा निर्वाचनमा तत्तकालीन क्षेत्र नं. २ (भैरहवा) बाट निर्वाचित भएका थिए। त्यसपछि मधेशी दलहरुमा आएको टुटफुटका क्रममा गुल्जारी राष्ट्रिय जनता पार्टीको केन्द्रीय उपाध्यक्ष समेत बने। 

Metro Mart

२०७४ को निर्वाचनमा राजपाको केन्द्रीय उपाध्यक्षबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए। प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. ४ बाट उम्मेद्वार बनेका उनी कांग्रेसका प्रमोद यादवसँग पराजित भए। संसद् विघटनका बेला गुल्जारी केपी ओलीलाई साथ दिएकै कारण केन्द्रीय सदस्य भए। तर, एमालेमा १० बुँदे कार्यान्वयनमा आउने भएपछि स्वतः उक्त पद गुमेको थियो। 

पार्टीभित्रको केही झुण्डले आफू पनि काम गर्न नदिने र अरुलाई पनि काम गर्न नदिएको उनले बताए। 

प्रकाशित: Nov 20, 2021| 16:50 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।