बुधबार, भदौ ३, २०८३

ट्रकको र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत बलेफी-सुकुटेबीचको क्षेत्रमा शनिबार बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- अरनिको राजमार्गअन्तर्गत बलेफी-सुकुटेबीचको क्षेत्रमा शनिबार बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नम्बरको आइचर ट्रकले काठमाडौंतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ।

प्रकाशित: Nov 20, 2021| 13:22 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।