काठमाडाैं- राजधानीबाट प्रकाशित बिहीबारका अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले अनशनरत डा गोविन्द केसीको स्वास्थ्य गम्भिर बनेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
पाँच दिनदेखि आमरण अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि आईसियूमा भर्ना गरिएको छ । यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले 'डा. केसीको स्वास्थ्य गम्भिर' शीर्षकमा खबर छापेको छ भने नागरिक दैनिकले डा केसी आइसियूमा शीर्षकमा खबर लेखेको छ ।
नयाँ पत्रिका र अन्नपूर्ण पोस्टले पनि डा केसी को स्वास्थ्य अवस्था गम्भिर भएपछि अस्पताल भर्ना गरिएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको नयाँ पत्रिकाले पानी जहाजका लागि अध्ययनसमेत नभएको खुलासा गरेको छ । यो खबरलाई मुख्य समाचार बनाउँदै उले लेखेको छ– पानीजहाज कुन मन्त्रालय र कुन विभागको हो त्यो समेत सरकारलाई थाहा छैन्, कुन नदीमा जहाज चल्ने हो, के बोक्ने हो ? अध्ययन पनि छैन् तैपनि प्रधानमन्त्रीले पानीजहाज चढेर पुसमा कोलकाता जान संसद्बाटै निम्तो समेत गरिसकेका छन् । पानी जहाजको विषयलाई सरकारले नै मजाक बनाएको नयाँ पत्रिकाको आशय छ ।
चाबहिल–जोरपाटी–साँखु सडकको बेहाल अवस्था बारे तस्विरसहितको खबर छापेको अन्नपूर्ण पोस्टले संघिय संरचनामा प्रशासनः तीनै तहमा कर्मचारी टुङ्गो शीर्षकमा खबर लेखेको छ । प्रकाशित समाचार अनुसार सरकाद्धारा गठित उच्चस्तरीय समितिले तयार पारेको प्रारुपअनुसार अब संघका केन्द्रीय निकाय र मातहतका कार्यालयमा ४५ हजार कर्मचारी रहनेछन् भने प्रदेशमा बढीमा १६ हजार रहने छन् ।
यसैगरि स्थानीय तहमा बढीमा ५७ हजार कर्मचारी रहने नयाँ खाका बनाइएको छ । हाल मुलुकभर निजामति कर्मचारी ८६ हजार र स्थानीय तहमा झन्डै १७ हजार गरी १ लाख ३ हजार कर्मचारी कार्यरत छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४