शुक्रबार, कात्तिक २८, २०८२

'जय भीम' फिल्मका अभिनेता सूर्यालाई धम्की

साउथ फिल्म जय भीमका अभिनेता सूर्यालाई धम्की आएको छ। वन्नियार संगमका प्रदेश अध्यक्षले सूर्यालाई आफ्नो समुदायसँग माफी माग्नुपर्ने भन्दै पत्र पठाएका छन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- साउथ फिल्म जय भीमका अभिनेता सूर्यालाई धम्की आएको छ। वन्नियार संगमका प्रदेश अध्यक्षले सूर्यालाई आफ्नो समुदायसँग माफी माग्नुपर्ने भन्दै पत्र पठाएका छन्।

National life

उनले अभिनेता सूर्यासँगै कलाकार ज्योतिका, अमेजन प्राइम भिडियो र जय भीमका निर्देशक टीजे ज्ञानवेललाई पनि कानुनी नोटिस पठाएर आफ्नो समुदायसँग माफी माग्न माग गरेका छन्। यस्तै उनले आफूहरूलाई मानहानिपूर्ण लागेका सबै दृश्य फिल्मबाट हटाउनु पर्ने बताएका छन्।

नोभेम्बर २ मा अमेजन प्राइम भिडियोमा रिलिज भएको फिल्म जय भीम यतिबेला चर्चामा छ। फिल्मको दृश्यलाई लिएर सुरु भएको विवाद अझै अन्त्य हुन सकेको छैन। 

साथै उनले एक साताभित्र पाँच करोड रुपैयाँ मुआब्जा दिन पनि माग गरेका छन्। यसैबीच, चलचित्रका केही दृश्यमा आपत्ति जनाउँदै कलाकारलाई धम्की दिइरहेकाले अहिले सूर्याको घरमा प्रहरी तैनाथ गरिएको छ। अहिले उनको सुरक्षाका लागि टीनगरस्थित घरबाहिर हतियारसहित पाँच प्रहरी तैनाथ छन्।

चलचित्रले इरुलर समुदायलाई हिरासतमा कसरी यातना दिइयो भन्ने कुरालाई चित्रण गरेको छ। 

Laxmi sunrise bank
kumari

फिल्ममा प्रकाश राजले हिन्दी बोलेको भन्दै एक जनालाई थप्पड हानेको दृश्य देखेर हिन्दी भाषीहरू दुखीत भएका छन्। पठाइएको सूचनाले क्यालेन्डरमा अग्नि कुण्डम देखा पर्ने दृश्य उल्लेख गरेको छ। वास्तवमा अग्नि कुण्डम वानियारको प्रतीक हो। 

पठाइएको सूचनामा निर्माताले जानाजानी क्यालेन्डर राखेको दाबी गरिएको छ। साथै, राजकन्नुलाई दुर्व्यवहार गर्ने प्रहरीको चरित्र जानाजानी भन्नियार जातको देखाइएको छ।

सूर्याले विज्ञप्ति जारी गर्दै आफ्नो फिल्ममा कुनै व्यक्ति वा समुदायको अपमान गर्ने नियत नभएको बताएका छन्। त्यसपछि सूर्याका फ्यानहरूले ट्वीटरमा जय भीमको टोलीलाई समर्थन गर्दै #WeStandWithSuriya ट्रेन्ड गर्न थालेका छन्। - अमर उजालाबाट साभार

प्रकाशित: Nov 18, 2021| 08:02 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्