मंगलबार, असार ३०, २०८३

विवाह उत्सवमा रमेको गाउँ एकैछिनमा शोकाकुल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- डोटीको आदर्श गाउँपालिकामा वडा नम्बर १ स्थित बाँझको चासी गाउँमा मंगलबार बिहानै देखि विवाह पार्टीले रौनक्ता छाएको थियो। हेल्थ असिस्टेन्ट पदमा स्थायी जागिरे गाउँका महेन्द्र खड्काको विहेको पार्टीमा रमाएको चासी गाउँ बेलुकी भने शोकमा डुब्न पुग्यो । एकै गाउँका चार युवालाई करेन्ट लागेर ज्यान गुमाएपछि गाउँमा नयाँ दुलही भित्र्याएको खुसी एकैछिन पनि टिक्न सकेन्।
 
‘दिनभर विहेको भोजमा नाचगान गर्दै रमाएको गाउँमा एकाएक दुःखद घट्ना घट्यो’ स्थानीय गणेश खड्काले भने,‘गाउँका होनहार चार जना युवा एकै पटक गुमाउँनु पर्दा पुरै गाउँ शोकमा डुबेको छ।’विद्युतको पोल ढलेर ज्यान गुमाएका ३० बर्षीया जयन्द्र, २३ बर्षीय लोकेन्द्र खडका, २२ बर्षका विरेन्द्र खड्का तथा २४ बर्षका दिप खड्काको बुधबार सेती नदिमा सँगै दाहासंस्कार भयो। ‘गाउँको आसा र भरोसाका केन्द्र होनहार चार जना युवाको एकैदिन अन्तिम बिदाई गर्दाको क्षण निकै कहालीलाग्दो बन्यो’ स्थानीय दिपकबहादुर खडकाले भने,‘सेती किनारमा जल्दै गरेको चारवटा शवको दृश्य हेर्दा जीवनमा कसैले पनि यस्तो दुःखद अवस्था भोग्न नपरोस् भन्ने लाग्यो।’

एकै महिना दाई र भाईको मृत्यु
 
नैनबहादुर खडका र चन्द्रादेवि खडकाको परिवारमा मंगलबारको घट्नाले बज्रपात आइ लागेको छ । घरको एक्लो छोरा विरेन्द्र खड्कालाई २२ बर्षको उमेरमै गुमाउनु पर्दा उक्त परिवारमा पीडाको सिमा नै छैन।
 
संजोग पनि कस्तो पर्‍यो भने २२ बर्षको उमेरमै असारकै महिना ठिक १० बर्ष अघि विरेन्द्रको दाजु वमबहादुर खड्काको गाउँमै ढुंगाले च्यापिएर ज्यान गएको थियो। दुवै सन्तानलाई १० बर्षको अवधिमा कलिलै उमेरमा गुमाउँनु पर्दा चासी गाउँका नैनबहादुर र चन्द्रादेवि बुढेसकालमा वेसाहारा बनेका छन्। ‘दुवै छोराले २२ बर्षभन्दा बढी उमेर देख्न पाएनन्’ नैनबहादुरले विलौना पोखे,‘दुबै छोराको किरिया बाउले गर्नुपर्ने अवस्था मलाई आइप¥यो, यस्तोे अवस्था कसैले भोग्न नपरोस् ।’ केहि समय पहिले बिहे गरेका विरेन्द्रको छ महिनाको छोरी छिन्।

एक्लो जागिरे छोरा गुम्यो
 
जंगबहादुर र जमुनादेवी खड्काको परिवारमा एउटा छोरा स्थायी जागिरे भएपछि निकै खुशी छाएको थियो। पाँच छोरामध्येका काईलो छोरा लोकेन्द्र नेपाल प्रहरीमा जागिर खान थालेपछि खुसी भएका बाबु आमाको उक्त खुसी धेरै दिन सम्म टिक्न सकेन। 

करेन्ट लागेर लोकेन्द्रको ज्यान गएपछि उक्त परिवारको सबै खुसी खोसिएको छ। ‘पाँच छोरामध्ये एक्लो सरकारी जागिरे छोरो गुमाउँदा सहनै नसकिने पीडा भएको छ’ बुबा जंगबहादुरले बिलौना पोखे,‘अरुलाई बचाउन गएको छोरोले आफैँ ज्यान गुमायो।’ अरुलाई करेन्ट लागेर ढलेपछि लोकेन्द्र बचाउन भनेर गएका थिए । 
धनगढीमा दरबन्दी भएका लोकेन्द्र क्षेत्रीय तालिम केन्द्रमा ड्रिल तालिम सकेर परिवार भेट्न घर पुगेका थिए। ‘बुधबार नै दरबन्दीमा हाजिर हुनुपर्ने थियो। गाउँमा बिहेको भोज खान भनेर एक दिन थप के बसेका थिए।
 
काकाले संसारै छोडेर गए’,गणेशले भने। जयन्द्रले नयाँ स्थापना गरेको कुटानी पिसानी मिलमा विद्युत लगनकालागि पोल गाड्ने क्रममा करेन्ट लागेर उक्त घट्ना भएको थियो। यहि वडाका वडा अध्यक्षको पनि जेठमा भएको जीप दुर्घटनामा ज्यान गएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।