मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर नगर प्रमुख विरुद्ध नेविसंघले सडकमै रोप्यो धान

जनकपुर नगर प्रमुख विरुद्ध नेविसंघले सडकमै रोप्यो धान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेविसंघ आवद्ध युवाहरुले प्रदेश २ को राजधानी जनकपुरका नगरप्रमुख लालकिशोर साहको विरोध गर्दै सडकमै धान रोपेका छन्। युवाहरुले बुधबार स्थानीय शिव चोकमा धान रोपी नगर प्रमुख साहमाथि व्यंग्‍यात्मक विरोध गरेका हुन्।

एकीकृत शहरी विकास आयोजनाअन्तर्गत सडक निर्माणमा भइरहेको ढिलाईले जनकपुर नगर क्षेत्रको प्रमुख सडकहरु नै हिलाम्य भएको छ। सडकमा हिलो र पानी जमेपछि सर्वसाधारणलाई आवत जावत गर्न समस्या हुँदै आएको छ।

जनकपुरका अधिकांश सडकहरु सामान्य वर्षामा समेत हिलाम्य हुने गरेपनि उपमहानगरपालिकाका प्रमुख साहले समाधानतर्फ चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराउन आफूहरुले सडकमै धान रोपेको नेवि संघ धनुषाका सभापति सुजीतकुमार झाले जनाए। दुई दिनको वर्षामा जनकपुर नगर क्षेत्र हिलाम्य हुनुका साथै घरघरमा पानी छिरेको छ तर नगरप्रमुखले यस्ता समास्या समाधान गर्नतर्फ ध्यान नदिएको झाको आरोप छ।

नगर प्रमुखले विकासको चर्को नारा दिएपनि नगरवासीले भने अनुभूति गर्न नसकेको भन्दै यथाशीघ्र समस्या समाधान नगरिए नेविसंघले कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ।

नेविसंघ नगर कमिटीका अध्यक्ष सुमन ठाकुरको नेतृत्वमा गरिएको प्रदर्शनमा जिल्ला अध्यक्ष झासहित रवि शर्मा, माया कुमारी, सलीम साफी, परवेज आलम लगायतका युवाहरुको सहभागिता थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।