मंगलबार, असार ३०, २०८३

'डा केसीप्रति सरकारको अलोकतान्त्रिक व्यवहार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - स्वास्थ्य शिक्षामा सुधार हुनपर्ने माग राख्दै अनशन बसीरहेका डा गोविन्द केसीप्रति सरकारले अलोकतान्त्रिक व्यवहार देखाएको टिप्पणी गरिएको छ।

बुधबार डा केसीका मागप्रति एक्यबद्धता जनाउँदै ट्रान्सपरेन्सी इन्टरनेशनले अनशनरत डा केसीको स्वास्थ्यस्थिति गम्भीर भएपनि चिकित्सक टोलीलाई फिर्ता गर्नु  सरकारको अलोकतान्त्रिक चरित्र भएको जनाएको छ। 

विज्ञप्तीमा भनिएको छ, 'अध्यादेशका महत्वपूर्ण प्रावधान हटाई प्रतिस्थापन विधेयक संसद सचिवालयमा दर्ता गराउनु, जीवन रक्षाका संवेदनशील सरकारी संयन्त्र चासो नदेखाउनु, चिकित्सक टोलीलाई फिर्ता गर्नु लोकतान्त्रिक सरकारको चरित्र होइन्।'

यसअघिका सहमतिलार्इ पालना गर्दै अध्यादेश पुरानै स्वरुपमा संसदबाट पारित गनुपर्ने माग राखी डा केसी शनिबारदेखि अनसनरत छन्। 

गत शनिबार स्थानीय प्रशासनले अनसनरत डा केसीलाई पक्राउ गरी कभर्डहलमा राखेको हो। सो प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चिन्ता व्यक्त गरेको छ।

डा गोविन्द केसीको उपचारमा प्रशासनको अवरोध र अनशन बस्ने माथिको धरकपडप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलले ध्यानाकर्षण भएको जनाएको छ। 

टी आई नेपालले विकट क्षेत्रका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पहुँचका लागि ध्येय राखेर लडिरहेका डा केसीको माग पूरा र निजको जीवन रक्षको पहल तत्काल गनुपर्ने माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।