मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी पीडितबारे किन फरक भयो केन्द्र र प्रदेश सरकारको तथ्यांक?

बाढी पीडितबारे किन फरक भयो केन्द्र र प्रदेश सरकारको तथ्यांक?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाढीको प्रतिनिधिमुलक तस्बिर

जनकपुरधाम- प्रदेश २ सरकारले बुधबार बाढीका कारण ज्यान गुमाएका परिवारलाई नगद सहयोग गर्ने निर्णय गरेको छ। सरकारले मुख्यमन्त्री राहत कोषबाट बाढीमा मृत्यु भएका परिवारलाई तत्काल ५० हजार नगद उपलब्ध गराउने निर्णय गरेको छ। 

अन्य प्रदेशका सरकारहरुले बाढी पीडितका सम्बन्धमा तत्काल राहत उपलब्ध गराउन नसकेको बेला प्रदेश २ सरकारले गरेको यस निर्णयले चर्चा पनि पाएको छ। 

दुई दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को दर्जनौं गाउँ डुवानमा परेका छन् भने कतिपय डुवानको जोखिममा छ। तर, प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांक र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जानकारी बिल्कुलै फरक छ।

प्रदेश सरकारले बाढीको कारण प्रदेश २ मा हालसम्म दुईजनाले ज्यान गुमाएको बताइरहँदा केन्द्र सरकारक गृहमन्त्री राम बहादुर थापा बादलले भने सातजनाको मृत्यु भएको जनाएका छन्।

बाढीका कारण पर्सा जिल्लाको पर्सागढी गाउँपालिका-८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको ज्यान गएको प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

तर, गृहमन्त्री बादलले बुधबार प्रतिनिधिसभामा बाढीको अवस्था बारे जानकारी दिँदै प्रदेश २ को पर्सामा २, सर्लाहीमा २, सिरहामा १, महोत्तरीमा १ र बारामा एकजनाको मृत्यु भएको जानकारी दिएका छन्।

बाढी पीडित बारे केन्द्र र प्रदेश सरकारको तथ्यांक फरक भएपछि अहिले टिकाटिप्पणी शुरु भएको छ। पर्सा जिल्ला निवासी रहेका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो जिल्ला बाहेक अन्य जिल्लाका बाढी पीडितको जानकारी किन लिन नसकेको भन्दै स्थानीयहरुले प्रश्न गर्न थालेका छन्।

प्रदेश सरकार र केन्द्र सरकारले बाढी पीडितको जानकारी लिने निकाय जिल्ला प्रशासनमार्फत नै हो। जिल्ला प्रशासनले केन्द्र र प्रदेशलाई फरक फरक जानकारी दिन नसक्ने स्थानीयहरु बताउँछन्। आफ्नै प्रदेशको बाढी पीडितबारे वास्तविक जानकारी समेत राख्न नसकेको भन्दै राहत र उद्धार गर्नबारे प्रदेश सरकारको आलोचना शुरु भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।