मंगलबार, असार ३०, २०८३

डा केसीलार्इ इमरजेन्सीमा सारियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शनिबारदेखि आमरण अनशन बसिरहेका डा गोविन्द केसीलार्इ इमरजेन्सीमा सारिएको छ। 

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उनलार्इ अहिले कर्णाली चिकित्सा स्वास्थ्य विज्ञान प्रतिस्ठानको इमरजेनस्सी वार्डमा लगिएको जिल्ला प्रहरी कार्यालय प्रमुख जुम्लाका प्रहरी नायब उपरीक्षक तपन कुमार दाहालले जानकारी दिए। 

जिल्ला सदरमुकाम खलंगास्थित कर्बडहलमा अनशन बसीरहेका डा केसी बुधबार एक्कासी छटपटाउन थालेपछि उनका सहयोगी किशोर केसीले चिकित्सकको टोलीलार्इ खबर गरेको कर्णाली चिकित्सा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत चिकित्सक डा विनोद अर्यालले बताए।

डा अर्यालका अनुसार डा केसीको छातिमा समस्या आएको छ। उनले भने, ' डा केसीको धड्कन एकदमै घटेको, ग्लुकोजको मात्रा ४० मा झरेको र अक्सिजनको लेभल पनि ८० मा झरेको छ। उहाँलार्इ अहिले नसाबाट स्लाइन पानी र अक्सिजन दिने काम भइरहेको छ।'

डा केसीले अन्य कुनै उपचार लिन नमानेको डा अर्यालले नेपाल समयलार्इ जानकारी दिए।     
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।