मंगलबार, असार ३०, २०८३

नगर प्रमुखविरुद्ध वडाअध्यक्ष अनशनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- आर्थिक वर्ष सकिनै लाग्दा नगर प्रमुखविरुद्ध वडा अध्यक्षहरुले अनशन थालेका छन्। योजना बाँडफाँड तथा विकास निर्माणलगायतका कार्यहरुमा असन्तुष्टि पोख्दै कतिपय स्थानमा नगर प्रमुखविरुद्ध वडा अध्यक्षहरु अनशनमा उत्रिन थालेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित महोत्तरी सदरमुकाम जलेश्वरका प्रमुख रामशंकर मिश्रविरुद्ध सातजना वडा अध्यक्षहरुले विगत चारदिन देखि रिले अनशनमा बसेका छन्।

नगर प्रमुख मिश्रले विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै जलेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल झा, २ का अध्यक्ष बरुण दहाल, ६ का वडा अध्यक्ष रविन्द्रप्रसाद साह, वडा नम्बर ७ का वडा अध्यक्ष रामछविला यादव, ८ का वडा अध्यक्ष विनय सिंह, वडा नम्बर ९ का वडा अध्यक्ष रविन्द्र यादव र १० नम्बरका वडा  अध्यक्ष विकाउ दास जलेश्वर नगरपालिका परिसरमै १७ अषाढबाट रिले अनशनमा बसेका छन्।

प्रमुख मिश्रले नगरपालिकाका इञ्जिनियर माधवेन्द्र चौधरीसँग मिलेर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनीहरुको आरोप छ। प्रमुख मिश्रले गैरकानुनी रुपमा खाता सञ्चालन गरी भ्रष्टाचार गरेको, पशु आहार बिउबिजन औषधी खरिद प्रक्रियामा अनियमितता गरेको, इन्धनमा अनियमितता गरेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन्।

त्यसैगरी नगरपालिकालाई संघीय सरकार, प्रदेश सरकार तथा अन्य निकायबाट प्राप्त आय र आन्तरिक आय स्रोतको विवरण सार्वजनिक हुनु पर्ने, नगर स्तरीय योजना अन्तर्गत हुने कामको विषयमा वडा अध्यक्षहरुलाई जानकारी गराइनु पर्ने लगायतका ११ बुँदे माग उनीहरुले अगाडी सारेका छन्।

प्रमुख मिश्रले चालु आर्थिक वर्षमा इन्धनमा मात्रै ५० लाख भन्दा बढी रकम खर्च गर्नुका साथै पशु आहार, बिउबिजल तथा औषधी खरिदमासमेत ठुलो भ्रष्टाचार भएको रिले अनशनमा बसेको वडा अध्यक्षहरुको आरोप छ।

यता इन्जिनियर चौधरीले भने वडाअध्यक्षहरुलाई भ्रष्टाचार गर्न नदिँदा आफूविरुद्ध खनिएको आरोप लगाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।