मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समारोहमा चुरोट तान्दै पारसले भने, 'अब केही गर्नुपर्छ '

समारोहमा चुरोट तान्दै पारसले भने, 'अब केही गर्नुपर्छ '

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- पूर्वराजा तथा बुवा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन नेपालगञ्ज हिँडेका पूर्वयुवराज पारस बुधबार भैरहवास्थित सिटीम्याक्स होटेलमा सहयोगीहरूसँग एक सार्वजनिक कार्यक्रममा सार्वजनिक भए । 

नेपालगञ्ज जाने क्रममा उनी मंगलबार राति भैरहवा आइपुगेका हुन् । शिवसेना नेपाल र राजतन्त्र समर्थकहरूले उनीसँगको भेटघाट कार्यक्रम राखेका थिए । राजसंस्था सक्रिय हुनुपर्यो, राजनीतिमा लाग्नु पर्यो भन्दै अनुरोध गरेका आफ्ना शुभेच्छुकहरूलाई पूर्वयुवराजले भने, 'अब ताली पिटेर मात्रै राजसंस्था फर्किन्न, एकजुट भएर लाग्नु पर्यो ।'

करिब आधा घण्टा पत्रकार र शुभेच्छुकहरूसँग बिताएका शाहले त्यसबाहेक अरू केही बोलेनन् । कालो रेबन चश्मा, लामो चुल्ठो बाँधिएको कपालमाथि ढाका टोपी, घाँटीमा सेतो माला र कलेजी रंगको पोशाकमा देखिएका थिए उनी । सार्वजनिक कार्यक्रममा पनि उनको चुरोटको लत प्रकट भयो, आधा घण्टाबीचमै तीन खिल्ली तानेर भ्याए । 

उनीसँगै पहेंलो बस्त्रमा देखिएका महाराज योगी व्यग्र वेगनाथले सबै मिलेर देशमा राजसंस्था फर्काउनुपर्ने बताए । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंह पछिल्लो समय सक्रिय राजसंस्थाको वकालत गर्दै संन्यासी पोशाकमा पूर्वयुवराजसँगै हिँडिरहेका छन् ।



कार्यक्रममा राजावादीहरूले राजसंस्थाको शक्ति क्षय हुनुको कारण विदेशी तत्व नभई राजसंस्थाको आडमा गलत गर्नेहरूको भीडले भएको बताएका थिए । पूर्वयुवराजलाई सम्बोधन गर्दै राजसंस्थाका पूर्वसमर्थक मिलन बस्नेतले भने, 'हामी अहिले पनि राजसंस्थाको आवश्यकता ठानिरहेका छौं तर राजसंस्थासँग जोडिएका व्यक्तिहरूले आफ्नो बानीबेहोरा सच्चाउनु जरुरी छ ।'

राम्रा र सज्जनहरूको सल्लाहमा राजसंस्था चल्दा मात्र त्यसको गरिमा बढ्ने उनले बताए । मुसुमुसु हाँसेर पूर्वयुवराजले उनको अभिव्यक्तिप्रति कुनै प्रतिक्रिया जनाएनन् । 

शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले राजसंस्थाको आवश्यकता प्रस्ट्याउँदै सबै मिलेर राजसंस्था फर्काउनुपर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री प्रकाश चित्रकार, शिवसेना नेपाल रूपन्देहीका अध्यक्ष शिव क्षत्रीलगायतको सहभागिता थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।