मंगलबार, असार ३०, २०८३

कांग्रेसले कब्जा गर्‍यो माइतीघर (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले निषेधित क्षेत्र तोकेको काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ। 
प्रहरीको हस्तक्षेपपछि प्रदर्शन सकिएको छ। प्रदर्शनका क्रममा दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनलार्इ उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।

अनसनरत डा‍. गोविन्द केसी तथा गंगामाया अधिकारीको माग सम्बोधन गर्दै उनीहरूको जीवन रक्षाको मागसहित कांग्रेसको भ्रातृस‌गठन नेविसंघले माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शन गरेको हो।

भिडियो हेर्नुहोस्


नेवि स‌ंघका पूर्वअध्यक्ष प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले निषेधित क्षेत्र तोडेको हो । बाक्लो संख्यामा परिचालित प्रहरीलार्इ छल्दै थापाथली इन्जिनियरिङ कलेजबाट पौडेलले नेतृत्व गरेको टोलीले माइतिघर मण्डलामा प्रदर्शन गरेको थियो ।
 
नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दन काफ्लेलगायतका विद्यार्थीले जुलुसको नेतृत्व गरेका थिए । 









 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।