काठमाडौं–नेपाली कांग्रेसले माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरीसँग झडप भएको छ ।
नाराबाजीसहित आक्रोसित कांग्रेस कार्यकर्ता निषेधित क्षेत्र तोड्न पुगेपछि प्रहरीले प्रतिकार गरेको छ । भीडमा च्यापिएर एकजना घाइते भएका छन् । घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।
प्रहरीले प्रदर्शनमा उत्रिएका कांग्रेसका कार्यकर्तालाई निषेधित क्षेत्रबाट बाहिर हटाउँदैछ । घटनास्थलको दृष्य हेर्दा प्रहरीले कुनै पनि बेला लाठी चार्ज गर्न सक्ने अवस्था छ ।
प्रहरीले प्रदर्शनकारीलाई हस्तक्षेप गरेको छ । अहिले ठूलो संख्यामा माइतीघर मण्डलामा प्रहरी परिचालित भएका छन् ।
नेपाली कांग्रेसले अनसनरत गोविन्द केसी तथा गंगामाया अधिकारीको माग सम्बोधन गर्दै उनीहरुको जीवन रक्षाका लागि माग गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४