शुक्रबार, भदौ ५, २०८३

यी हुन् एमाले महाधिवेशनका लागि काठमाडौंबाट छानिएका ४३ प्रतिनिधि

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंबाट ४३ जना प्रतिनिधि छनोट भएका छन्। मंसिर १०-१२ सम्म चितवनमा हुन लागेको महाधिवेशनका लागि काठमाडौंबाट सबै प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका हुन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंबाट ४३ जना प्रतिनिधि छनोट भएका छन्। मंसिर १०-१२ सम्म चितवनमा हुन लागेको महाधिवेशनका लागि काठमाडौंबाट सबै प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका हुन्।

खुलातर्फ गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा चयन भएका छन्। यस्तै, श्यामकृष्ण भण्डारी,उद्धव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल, विदुरविक्रम खड्का प्रतिनिधिमा चयन भएका छन्।

थप प्रतिनिधिमा छनोट हुनेमा नवराज भट्टराई, दीपक निरौला, नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल रहेका छन्।

महिलातर्फ शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले र विन्दु महर्जन छनोट भएका छन्। एक एजना जना महिला प्रतिनिधि भने छान्न भने बाँकी एमालेले जनाएको छ।

प्रकाशित: Nov 15, 2021| 09:26 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...