काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट आठ जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा सुरुंगाका कृष्णप्रसाद थपलिया, काठमाडौं कलंकीका किरण देउला, अपार रिजाल, भक्तपुर इताछेका गोपालकृष्ण श्रेष्ठ, ललितपुर जावलाखेलका प्रकाश तण्डुकार, सातदोबाटोका कञ्चन राई, इमाडोलका पवन तामाङ र बाँके कोहलपुरका बालकृष्ण खत्री छन् ।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग विभिन्न बहानामा सरकारी कर्मचारीसँग मिलेमतोमा तोकिएको रकमभन्दा १० गुणा बढी असुल्ने गरेको गुनासोका आधारमा प्रहरीले छापा मारेको थियो ।
बिचौलियाका कारण यातायात कार्यालयमा सीधै सेवा लिन सक्ने अवस्था छैन ।
उनीहरूलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको परिसरले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४